सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

सांगीतिक कलाकार संघको राहत कार्यक्रम

सांगीतिक कलाकार संघको राहत कार्यक्रम


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ११ २०७७, आइतबार

पोखरा, ११ जेठ– पोखरा सांगीतिक कलाकार संघले पोखराका विपन्न वर्गका लागि राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ । ४ चरणमा पोखराका विभिन्न क्षेत्रकमा वितरण गरिएको राहतले लकडाउन प्रभावित ज्यालादारी मजदुर लाभान्वित भएको संघका अध्यक्ष संगीतकार सुनिल थापाले जानकारी दिए ।
राहत बाँड्न सक्रिय बनेका कलाकारहरुले पहिलो चरणमा पोखरा महानगरपालिका – ३, नदिपुर कोपिलढुङ्गाका दलित तथा विपन्न परिवारका लागि ५२ बोरा राहत वितरण गरेर सहयोग शुरुवात गरेको थियो । चौथो दिनको राहत कार्यक्रम भने पोखराका विभिन्न वडाहरुमा गइ वितरण गरिएको थियो । उक्त दिन पोखरा–३ नदिपुर निलगिरी टोल, नयाबसपार्क क्षेत्र, भैरबटोल, पोखरा–११ फुलबारी तथा, पोखरा–१३ भद्रकाली क्षेत्रमा राहत वितरण गरिएको संघका उपाध्यक्ष गायक भाइ गुरुङले बताए ।
चौथो दिनको राहत ४५ परिवारका लागि वितरण गरिएको थियो । राहत वितरण कार्यक्रममा निलगिरी टोलका लागि विकास पुन, भैरबटोलमा प्राप्ती तुलाचन, चिसापानी खोलाका लागि शेरबहादुर पुन, फुलबारी विनोद वानिया र भद्रकाली क्षेत्रका लागि खिमबहादुर गुरुङ्ग र प्रिया गुरुङ्गले संयोजन गरेका थिए । उनीहरुले घरमा चुल्हो बल्न नपाएका विपन्न वर्ग र असहायकोे छनौट गरेका थिए ।
संघले मानिसको आवश्यकतालाई मध्यनजर गर्दै तरकारी बेचेर गुजारा चलाउने हेम्जाका दुइ महिलालाई उनीहरुकै आग्रहमा भैरबटोलमा राहत दिएका थिए । यसैगरि भद्रकाली मन्दिरको फेदमा रेलिङ्गमा टिन अड्याएर विगत १ वर्ष देखि वास बस्दै आएका एक मजदुरलाई पनि संघको राहत दिएको थियो । चौथो दिनको कार्यक्रममा गायक भाइ गुरुङ्ग, विनोद वानिया, आनन्द बज्राचार्य, संगीतकार सुनिल थापा, श्यामसुङ्ग तामाङ्ग, प्राप्ती तुलाचन लगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->