सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बागलुङका स्थानीयतहमा बजेट बढ्यो, आन्तरिक राजश्व घट्ने

बागलुङका स्थानीयतहमा बजेट बढ्यो, आन्तरिक राजश्व घट्ने


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १८ २०७७, आइतबार

बागलुङ, १८ जेठ– चालु आर्थिक बर्षको पछिल्लो डेढ महिना बाँकी रहँदा बागलुङका सबै स्थानीय तह आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारीमा लागेका छन् । संघीय सरकारबाट आउने अनुदानको टुंगो लागेसँगै प्रदेश सरकारले बिनियोजन गर्ने बजेटको पर्खाइमा स्थानीय सरकार छन् ।
केन्द्र सरकारको राजश्व बाँडफाँड शिर्षकको अनुदान भने अझै टुंगो लागेको छैन् । केही दिनमा प्रदेश सरकारको अनुदान र संघीय सरकारको राजश्व बाँडफाँड अनुदान टुंगो लागेसंगै स्थानीय सरकारलाई बजेट बनाउन सहयोग पुग्ने छ । बजेटको सिलिङ पाईसेकेका स्थानीय सरकारले सोही आधारमा आन्तरिक तयारी भने थालिसकेका छन् ।
संघ सरकारबाट चालु आर्थिक बर्षको भन्दा धेरै अनुदान पाएका स्थानीय तहलाई आन्तरिक स्रोतको वृद्धिमा भने चुनौती देखिएको छ । बागलुङका स्थानीय तहले आगामी आर्थिक बर्षमा संघीय सरकारबाट ३ अर्ब ५७ करोड ९८ लाख रुपैयाँ बजेट पाउने छन् । यहाँका स्थानीय तहले गत बर्षको भन्दा केही बढि अनुदान पाएको जनाएका छन् । तर आन्तरिक स्रोत वृद्धिका लागि भने कोरोना भाईरसका कारण भैरहेको लकडाउन बाधक बनेको स्थानीय तहको गुनासो छ ।
संघीय सरकारले विनियोजन गरेको बजेट सशर्त अनुदान धेरै भएकाले चालु आ. ब.को तुलनामा आगामी आर्थिक बर्षमा आर्थिक गतिबिधि बढ्दैनन् जसका कारण स्थानीय सरकारलाई आन्तरिक स्रोत बृद्धिमा कठिन हुने काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर बिश्वकर्माले बताए । ‘चालु आर्थिक बर्षमा आन्तरिक राजश्व ३१ लाख ५० हजार अनुमान थियो, यसै बर्ष लक्षमा पुग्न सकिएन’ बिकले भने ‘आगामी आ. ब.मा ४० लाख पु¥याउने लक्ष हो तर हाम्रो स्रोत नबढ्ने स्पष्ट देखियो ।’ बिकास निर्माणका काम चल्दा आन्तरिक स्रोत बड्थ्योे, सिफारिस लगायतका काममा गाउँपालिकाले लिने शुल्कले स्रोत बढाउँथ्यो तर सबैखाले काम रोकिएकाले लक्षमा पुग्न सम्भव नरहेको उनले बताए ।
जिल्लाका दश स्थानीय तहमध्ये सबैभन्दा धेरै आन्तरिक स्रोत भएको बागलुङ नगरपालिका हो । यो नगरपालिकाले चालु आर्थिक बर्षमा एक अर्ब माथिको बजेट ल्याएको थियो । जसमध्ये १२ करोड २८ लाख रुपैयाँ आन्तरिक स्रोत हो । घरबहाल कर, ढुंगागिट्टी, बालुवा, जग्गा रजिष्टर लगायतका शिर्षकमा यो नगरपालिकामा आन्तरिक राजश्व संकलन हुन्छ । लकडाउनका कारण व्यवसायीले घरबहाल छुटको माग गरिरहेका छन् । जग्गाको कारोवार ठप्प छ । बिकास निर्माणका कामसमेत सोँचेको गतिमा नचलेकाले ढुंगा, गिट्टी, बालुवाको व्यापार छैन, जसका कारण आगामी आर्थिक बर्षमा ठेक्का लिनेहरु तयार भएनन् र ठेक्कामा जाँदासमेत कम मुल्यमा गयोभने आन्तरिक स्रोतमा कमि आउने नगरपालिकाको अनुमान छ ।
जिल्लाको जैमिनी नगरपालिकाले चालु आर्थिक बर्षमा ७१ लाखको आन्तरिक राजश्व संकलन अनुमान गरेको थियो । तर, जेठको आधा महिना सकिँदासमेत लक्षमा पुग्ने संकेत छैन । आगामी आ. ब.का लागि ७७ लाख अनुमान गरिएको प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्मा बताउँछन् । आन्तरिक स्रोतको व्यवस्थापनमा निकै कठिन घडि आएको पालिका प्रमुखहरुले बताउँदै आएका छन् ।
संघीय सरकारको बजेट ब्रेकडाउन आईनसकेकाले कुन शिर्षकमा कति बजेट आयो भन्ने बिषयमा भने टुंगो लागेको छैन । संघले पठाउने समानिकरण, बिषेश र समपुरक अनुदान स्थानीय तहले आँफु अनुकुलका योजनामा खर्च गर्न पाउने छन्भने सर्शत अनुदानको भने संघ सरकारले नै बजेट ब्रेकडाउन गरेपछि टुंगो लाग्ने छ । आन्तरिक स्रोत बढाउन नसके स्थानीय तहलाई बढेको खर्च व्यवस्थापनमा कठिन हुने निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरलाल शाक्य बताउँछन् ।
अर्थमन्त्री डा. युवराज खतिवडाले बिहिबार संघीय संसदमा बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि बागलुङलाई समानीकरण, सशर्त, विशेष र समपुरक अनुदान गरेर ३ अब ५७ करोड ९८ लाख रुपैयाँ बजेट विनियोजित गरेको जानकारी गराए । यो रकम गत बर्षको भन्दा धेरै हो ।
सरकारले जिल्लाका चार नगरपालिकामध्ये सबैभन्दा धेरै बागलुङ नगरपालिकालाई ६६ करोड ८१ लख रुपैयाँ बजेट विनियोजन गरेको छ भने ६ गाउँपालिकामध्ये काठेखोला गाउँपालिकालाई ३९ करोड ९८ लाख रुपैयाँ विनियोजन गरेको छ । चालु आर्थिक बर्षमा बागलुङले ६४ करोडभन्दा धेरै र काठेखोला गाउँपालिकाले ३७ करोडभन्दा धेरै अनुदान पाएको थियो । दुइवटै पालिकाको आनुदान बढेको छ ।
यस्तै, सरकारले ढोरपाटन नगरपालिकालाई आगामी आ.व.का लागि ३० करोड ४७ लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकातर्फ सबैभन्दा कम तमानखोला गाउँपालिकालाई १६ करोड ७१ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । तमानले गत आवमा पनि १६ करोड २५ लाख पाएको थियो । तर, यो बर्षको राजश्व बाँडफाँडको अनुदान आउन भने बाँकी छ ।
त्यसैगरी, सरकारले जैमिनी नगरपालिकालाई ४७ करोड १० लाख, गल्कोट नगरपालिकालाई ४४ करोड ४६ लाख, बडिगाड गाउँपालिकालाई ३८ करोड ६ लाख, निसीखोला गाउँपालिकालाई २६ करोड ६५ लाख, बरेङ गाउँपालिकालाई २५ करोड ८६ लाख र ताराखोला गाउँपालिकालाई २१ करोड ८८ लाख बजेट बिनियोजन गरेको छ । चालु आवमा जैमिनीले ४६ करोड, गलकोटले ३६ करोड, निसीखोलाले २८ करोड, बरेङले २६ करोड र ताराखोलाले २२ करोडभन्दा धेरै अनुदान पाएका थिए ।
प्रदेश सरकारले दिने अनुदान, सामाजिक सुरक्षा भत्ताका लागि आउने अनुदान र आन्तरिक स्रोतको परिचालनमा संघीय सरकारको अनुदानलाई प्रयोग गरेर स्थानीय तहले बजेट बनाउने छन् । ‘गत बर्षको आकारभन्दा यो बर्षको बजेटको आकार बढ्छ तर आर्थिक गतिविधिमा बजेट जाने सम्भावना काम छ’ बरेङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले भने ‘शिक्षा र स्वास्थ्यमा केन्द्रित सशर्त बजेट बढेको छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->