आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

सलह महामारी, नेपाललाई खतराको घण्टी

सलह महामारी, नेपाललाई खतराको घण्टी


  • दिवस गुरुङ
  • जेष्ठ १८ २०७७, आइतबार

सामान्य फट्यांग्रा जस्तो देखिने यस किराको पछिल्ला खुट्टाहरु ठूला र बलिया हुन्छन्, जसको सहायताले यो फट्याङ्ग्रा भन्दा छिटो र धेरै टाढा उफ्रन सक्छ । एक्लै हुँदा यो शान्त रहन्छ भने समूह बन्ने बित्तिकै यसले हिंसक व्यवहार देखाउँदछ । ०.५ देखि ३ इन्चको लम्बाई रहेको यस शाकाहारी किराले वयस्क भएपश्चात यसको मस्तिष्कबाट सेरोटोनिन नामक हर्मोन निकाल्दछ, जसको कारणले यो टाढा टाढासम्म उड्न सक्ने, समूहमा आक्रमण गर्न सक्ने र छिटो छिटो भोक जगाउने भएकाले छिनछिनमा खानुपर्ने हुन्छ । ज्याद्रो ठानिने यस किरा भोकले यति आक्रान्त पारेको हुन्छ कि यसले तरकारी, फलफुल वा रुख बिरुवा जुनसुकैको पात, बोक्रा, बीउ, फूल सबै आफ्नो आहारा बनाउँछ । यसको अचम्म लाग्ने पक्ष त के छ भने, बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म यो पूर्ण रुपमा निष्कृय नै रहन्छ ।

पाकिस्तानमा करिब ४० प्रतिशत खेती नष्ट पारिसकेको सलह किरा ठुला तुफान र भारी वर्षासँगै सन् २०१९ को अन्त्यतिर भारत पाकिस्तानको सिमानाबाट भारत प्रवेश गरेको थियो । पूर्वी अफ्रिका र अरबियन पेनिनसुलामा सन् २०१८ को मध्यतिर भारी वर्षा भएसँगै यो विश्व महामारीका रुपमा फैलिएको बुझिन्छ । भारतमा सन् १९९३ मा देखिएको यस किरा ठीक २७ वर्षपछि फेरि महामारीको रुपमा देखिएको हो । भारतको गुजरात, मध्य प्रदेश, राजस्थान र महाराष्ट्रमा अहिलेसम्म ५० हजार भन्दा बढी हेक्टरको खेती नष्ट पारिसकेको यस कीरा कुनै बेला तराईबाट नेपाल प्रवेश नगर्ला भन्न सकिँदैन ।
नेपाल पसिहाल्यो भने केही दिनमै यसले तराई र पहाडको सबै खेती सखाप पारिदिन सक्छ । कोरोनाले दुई महिनाभन्दा बढी समयसम्म आक्रान्त पारिसकेको नेपालले अर्को संकट बेहोर्नु पर्नेछ । नेपाल सरकारसँग यसको रोकथामको तयारी के कस्तो छ ? के नेपाली किसानहरुलाई यसको बारेमा ज्ञान छ ? कोरोनाले खाद्य उत्पादनमा भारी गिरावट आउने आकलन गरिरहँदा खाद्य संकटसँग जुध्न सरकारको रणनीति के छ ? यी यावत प्रश्नहरुको उत्तर सरकारसँग हुन जरुरत छ । समयमै सही कदमहरु चाल्न नसक्दा नेपाल अर्को ठूलो भुमरीमा पर्न सक्छ ।
के हो सलह किरा ?
अफ्रिकाको रैथाने किरा मानिने यस किरा सन् १९२६ मा विश्वमा पहिलोपल्ट इजिप्टमा देखिएता पनि पछिल्लो समय यसले महामारीको रुप सन् १९९२ बाट लिएको बुझिन्छ । पछिल्लो समयमा यसलाई विश्वकै खतरनाक आप्रवासी किरा मानिन्छ । सामान्य फट्यांग्रा जस्तो देखिने यस किराको पछिल्ला खुट्टाहरु ठूला र बलिया हुन्छन्, जसको सहायताले यो फट्याङ्ग्रा भन्दा छिटो र धेरै टाढा उफ्रन सक्छ । एक्लै हुँदा यो शान्त रहन्छ भने समूह बन्ने बित्तिकै यसले हिंसक व्यवहार देखाउँदछ । ०.५ देखि ३ इन्चको लम्बाई रहेको यस शाकाहारी किराले वयस्क भए पश्चात यसको मस्तिष्कले सेरोटोनिन नामक हर्मोन निकाल्दछ, जसको कारणले यो टाढा टाढा सम्म उड्न सक्ने, समूहमा आक्रमण गर्न सक्ने र छिटो छिटो भोक जगाउने भएकाले छिनछिनमा खानुपर्ने हुन्छ । ज्याद्रो ठानिने यस किरा भोकले यति आक्रान्त पारेको हुन्छ कि यसले तरकारी, फलफुल वा रुख बिरुवा जुनसुकैको पात, बोक्रा, बीउ, फूल सबै आफ्नो आहारा बनाउँछ । यसको अचम्म लाग्ने पक्ष त के छ भने, बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म यो पूर्ण रुपमा निष्कृय नै रहन्छ ।

६० वर्षअघि सन् १९६० को दशकमा नेपालका काठमाडौं उपत्यका, धाडिङ, नुवाकोट, काभ्रे लगायत विभिन्न जिल्लाहरुमा यसले सबै खाले खेतीपाती नष्ट पारेको कृषि विज्ञहरु बताउँछन् ।

प्रतिदिन करिब १५० कि.मी. यात्रा तय गर्ने यस किरा झुण्डमा २५० कि.मी. टाढासम्म पुग्न सक्छन् । समुन्द्री सतहबाट करिब २००० मिटर सम्म उड्न सक्ने क्षमता भएकाले नेपालको तराई र पहाडमा समेत यसको जोखिम उति नै रहेको छ । एक कि.मी. क्षेत्रफलमा फैलिएको यसको एक झुण्डमा करिब ४ करोडजति सलह हुन्छन्, जसले एक दिनमा करिब ३५ हजार मानिसहरुले खाने खाना बराबरको खाना खाइदिन्छ ।
विश्वको अवस्था :
सन् २०१८ मे महिनामा अरबियन मरुभुमिमा दुई ठुला तुफानसँगै परेको भिषण पानीले यसको सुरुवात भएको थियो । सन् २०१९ को अन्त्यतिर इथियोपियामा देखिए पछि यस सहल किरा विस्तारै छिमेकी मुलुकहरु इरिट्रिया, डिजिबाउटी, सोमालिया, केन्या हुँदै पूर्वी अफ्रिकाका धेरै देशहरुमा फैलिएको थियो । केन्यामा गरिएको एक अनुसन्धानमा त केन्यानी जनताहरुलाई दुई दिन पुग्ने खाना यसले एक दिनमै खाइरहेको छ । अप्रिल महिनामा केन्या हुँदै युगान्डा पसेको यस कीरा जुन महिनासम्म यसको संख्या ५०० गुणाले वृद्धि हुने र यसले लाखौंमा भोमकरी निम्त्याउने आकलन यु एनले गरेको छ । केन्यामा ७० वर्ष पछि महामारीको रुपमा देखिएको एक किराले सन् २०२० को अन्त्यसम्म करिब ८.५ बिलियन डलरको क्षति पशुधनमा पर्ने विश्व बैंकले बताएको छ ।
सलहले आक्रान्त पारेका पूर्वी अफ्रिकाका ५ मुलुकहरु डिजिबाउटी, इरिट्रिया, इथियोपिया, केन्या र सोमालियामा मात्र करिब १३ मिलियन मानिसहरु खाद्य संकट र भोकमरीको चपेटामा परिसकेका छन् । साथै विश्व खाद्य संस्था अनुसार थप २० मिलियन मानिसहरु यसै कारण भोकमरीले आक्रान्त हुने तथ्य निकालेको छ । त्यसैले विश्व बैंकले सलह प्रभावित देशहरुलाई सहयोग स्वरुप करिब ५०० मिलियन डलरको सहयोग समेत छुटाइसकेको छ ।
यता सन् २०११ बाट उत्पन्न राजनैतिक अस्थिरता र गृहयुद्धको भुमरीमा परेको यमन अहिले सलहको प्रकोपले आक्रान्त छ । अहिलेको अवस्थामा विश्वकै सबैभन्दा भोकमरी र खाद्य संकटसँग गुज्रिरहेको यमनमा करिब १० मिलियन मानिसहरुलाई तुरुन्तै खाद्य राहतको जरुरत रहेको विश्व खाद्य संस्थाले बताएको छ । यमनमा सलह नियन्त्रण र खाद्य वितरणका लागि संस्थाले पठाएको सहयोग युद्धमा हातहतियार खरिद गरेको अनियमिता देखिएसँगै उसले यमनमा सहयोग पठाउन रोक गरेको थियो । यमनसँगै साउदी अरब, पाकिस्तान र भारतमा पनि सलहको आतंक ह्वात्तै बढेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->