बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

मुख्यमन्त्री गुरुङ भन्छन् : मुस्ताङ र मनाङमा कस्तुरी मृग फार्म

मुख्यमन्त्री गुरुङ भन्छन् : मुस्ताङ र मनाङमा कस्तुरी मृग फार्म

कास्की र लमजुङका लेकमा लिमे र पारिकोटे भैंसी फार्मको तयारी


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २२ २०७७, बिहिबार

पोखरा, २२ जेठ – गण्डक्री प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले हिमाली जिल्ला मुस्ताङ र मनाङमा कस्तुरी मृगको व्यवसायिक पालन गर्न वताएका छन् । प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रम माथि सांसदले उठाएको प्रश्नको विहिवार जवाफ दिदै मुख्यमन्त्री गुरुङले कस्तुरीको व्यवसायिक फार्म यसै बर्ष सुरु गर्ने जानकारी दिएं ।
कस्तुरी मृगको विणा निकै महङ्गोमा बिक्री हुन्छ । नेपालमा पनि तस्करहरुले कस्तुरी मृग मारेर तस्करी गर्ने गर्दछन् । छिमेकी मुलुक चिनमा कस्तुरीको व्यवसायिक पालन भैरहेको छ भन्दै मुख्यमन्त्री गुरुङले मनाङ र मुस्ताङमा यसको फार्म सम्भव भएकाले आफुले चिनियाँ कम्पनीसँग कुरा गरेको सदनलाई जानकारी गराए ।
‘१९५० देखि चीनले कस्तुरी फार्मिङ सुरु गरेको हो । हामीले पनि गरौं न । चीनमा सुरु गर्दा कस्तुरीको विणाको मूल्य सुनको भाउभन्दा ५ गुणा कम थियो । अहिले ५ गुना बढी महँगो छ ।’ उनले भने– कस्तुरीको बिणाबाट अनेकथरी औषधी बन्छन् । त्यसको सम्भावना हामीकहाँ छ, त्यसैले यसै बर्ष देखि कस्तुरी मृगको फार्मिङ हामी सुरु गर्छौं । यसका लागि धेरै बजेट आवश्यक नपर्ने बताए । यो शिर्षकमा बढीमा दुई करोड रुपैया बिनियोजन गर्न लागेको जानकारी गराए ।
मुख्यमन्त्री गुरुङले लिमे भैंसीको फार्म खोल्ने योजना पनि सुनाए । यो भैसीको मासु निकै मिठो हुने भएकाले त्यसको पालन पनि गण्डकी प्रदेशमा सम्भव भएको सुनाए । त्यस्तै पारकोटे भैंसीको संरक्षण गर्ने कार्यक्रम पनि ल्याउन थालिएको जानकरी दिए । ‘ब्याउने बेला भइसक्यो दूध दिइराखेको हुन्छ, यसको बचाउ गरौं न ।’ मुख्यमन्त्री गुरुङले भने– यसको पनि भैंसी रिसर्च फारम खोल्दैछौं ।’ लिमे र पारिकोटे भैंसी कास्की र लमजुङका लेकलेकमा पालिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->