सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

संक्रमित बढेपछि बिमा कम्पनीले स्थगित गरे कोरोना बिमा

संक्रमित बढेपछि बिमा कम्पनीले स्थगित गरे कोरोना बिमा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २३ २०७७, शुक्रबार

पोखरा, २३ जेठ – बिमा कम्पनीहरुले कोभिड–१९ को जोखिम सुरक्षण गर्न भन्दै ल्याएको बिमा कार्यक्रम स्थगन गरेका छन् । बिमा समितिको निर्देशनअनुसार शुक्रबारदेखि केही समयका लागि यो बिमा स्थगन भएको बिमा कम्पनीहरूले बताएका छन् । समितिले भने बिमा कम्पनीहरूकै प्रस्तावमा केही समयका लागि स्थगन गरिएको जनाएको छ ।
नेपाल बिमक संघको आग्रहमा कोरोना बिमा स्थगन गर्न निर्देशन दिइएको बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । ‘सरकारले कोरोना बिमामा अनुदान दिने कार्यक्रम ल्याएको, बिमा कम्पनीको पुँजीभन्दा दायित्व धेरै भएपछि जोखिम बढेको लगायत कारण केही समय स्थगन गरिएको हो,’ उनले भने, ‘बिमालेखको मोडालिटी परिमार्जन गरी छिट्टै सञ्चालन गर्छौं ।’
कोरोना बिमा गर्नेको संख्या बढेपछि पछिल्ला केही दिनदेखि बिमा कम्पनीले थप बिमा गर्न चासो देखाएका थिएनन् । मंगलबारसम्मको तथ्यांकअनुसार २० बिमा कम्पनी र नेपाल पुनर्बिमाको पुँजीभन्दा कोरोना बिमाबापतको दायित्व धेरै भएको छ । यसकारण जोखिम धेरै हुने भएपछि कम्पनीहरू पछि हटेका हुन् । कम्पनी पछि हटेपछि स्थगन गर्न बिमा समिति पनि बाध्य भएको हो । कोरोना संक्रमित संख्या थोरै हुने अनुमानका आधारमा बिमालेख ल्याइएकोमा अहिले संक्रमण धेरै फैलिएकाले कम्पनीहरू डराएका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->