बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

किसानलाई प्रोत्साहन गर्न कृषि सामग्री वितरण

किसानलाई प्रोत्साहन गर्न कृषि सामग्री वितरण


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २३ २०७७, शुक्रबार

बागलुङ, २३ जेठ– प्रबिधिको प्रयोग गरेर उत्पादन बढाउने उदेश्यले बागलुङ जिल्लाको गलकोट नगरपालिका वडा नम्बर ७ मल्मका किसानहरुलाई आधुनिक हलोसहितका कृषि सामग्री वितरण गरिएको छ ।
बिहिबार वडा कार्यालयको अनुदान र किसानको थप लगानीमा मिनी टेलर हलो, प्लाष्टिक टनेल र बिउ बिजन लगायतका कृषि सामाग्री हस्तान्तरण गरिएको हो ।
किसानलाई आधुनिक प्रबिधिको प्रयोगमार्फत उत्पादन बढाउनका लागि प्रोत्साहन गर्न सामग्री उपलव्ध गराईएको वडा अध्यक्ष टिका बहादुर थापाले बताऐ ।
वडाले ५ वटा कृषक समूहलाई ६ लाख बराबरको मिनी टेलर हलो, प्लास्टिक टनेल, उन्नत जातको विउ–विजनहरु उपलब्ध गराएको उनको भनाई छ ।
यसअघि वडाका १४ वटा कृषि समूहसहित अन्य कृषकहरुलाई ५० प्रतिशत अनुदानमा बीउ बिजन, प्लास्टिक टनेल र मिनी टेलर हलो प्रदान गरिएको समितिका सचिव रत्न बहादुर मल्लले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->