सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बागलुङका होटललाई क्वारेन्टाइन बनाउन व्यवसायी तयार

बागलुङका होटललाई क्वारेन्टाइन बनाउन व्यवसायी तयार

होटल क्वारेन्टाईनमा बस्न प्रतिव्यक्ति १ हजार ७ सय ५० र डबल बेड कोठामा प्रतिव्यक्ति १ हजार ५ सय रुपैयाँमा शुल्क तय गरिएको छ ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २४ २०७७, शनिबार

बागलुङ, २४ जेठ – होटल क्वारेन्टाईनमा बस्न चाहनेहरुका लागि आवश्यक सहयोग गर्न बागलुङका होटल व्यवसायीहरु तयार भएका छन् । सरकारले शुक्रबारदेखि विदेशमा अलपत्र परेका नेपालीको उद्धार गर्न थालेपछि उनीहरुले बस्न चाहेमा क्वारेन्टाईनको रुपमा होटल उपलव्ध गराउन व्यवसायीहरु तयार भएका हुन् ।
होटल व्यवसायी संघ र बागलुङ नगरपालिकाबीच शुक्रबार भएको छलफलमा व्यवसायीहरुले विदेशबाट बागलुङ आएका व्यक्तिलाई होटल क्वारेन्टाइनमा बस्न खोजे उपलब्ध गराउने सहमति भएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए ।
होटल क्वारेण्टाईनमा बस्न चाहनेहरुका लागि खाजा–खानासहितको प्याकेज होटलले उपलव्ध गराउने र त्यस बापतको रकम व्यक्तिले नै व्यहोर्ने गरी दुई पक्षबीच सहमति भएको होटल व्यवसायी संघ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले जानकारी दिए । होटल क्वारेन्टाईनमा बस्न प्रतिव्यक्ति १ हजार ७ सय ५० र डबल बेड कोठामा प्रतिव्यक्ति १ हजार ५ सय रुपैयाँमा शुल्क तय गरिएको राजभण्डारीको भनाई छ ।
‘लकडाउनका कारण होटल व्यवसायी नाजुक अवस्थामा रहेका छन्, यस्तो बेला थोरै भएपनि राहत हुने भएकाले सुरक्षाका सबै उपाय अपनाएर होटललाई क्वारेन्टाइनमा परिणत गर्न लागिएको हो,’ अध्यक्ष राजभण्डारीले भने– ‘हामीले नाफाघाटा नहेरेर राज्यलाई विषम परिस्थितीमा सहयोग गर्नुपर्छ भनेर करोडौंको लगानीका होटललाई क्वारेन्टाइन गराउन लागिएको हो ।’ केही होटलहरु क्वारेन्टाईनको लागि छानिएको र आवश्यक परे सबै होटल प्रयोगमा आउनेगरी व्यवस्थापन गरिने उनले बताए । होटलहरुले शुल्कसहित दिएको सेवाले बिदेशबाट आउनेहरुलाई सहज हुने अपेक्षा गरिएको नगर प्रमुख पौडेल बताउँछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->