ट्रायलको नाममा अबैध सञ्चालनमा आएको क्रसर । तस्वीर: विजय नेपाली ।
पोखरा, २९ जेठ – फेवालातको सिरानमा रहेको खहरे खोलामा अबैध रुपमा क्रसर उद्योग सञ्चालनमा आएको छ । पोखरा महानगरपालिका वडा नं. २३ मा पर्ने सो क्षेत्रमा परीक्षणको नाम दिदैँ गण्डकी फाउन्डेसन प्रालिले अवैध क्रसर सञ्चालनमा ल्याएको हो । निजी जग्गामा क्रसर सञ्चालन गरेपनि गैरकानूनी रुपमा खोलाजन्य पदार्थ उत्खनन र बिक्री गरिँदै आएको छ । ‘यहाँ बन्न लागेको ड्याम नजिकै रहेको खोलाजन्य पदार्थको प्रयोग भएको छ । खोलामा बन्न लागेको सिल्ट्रेसन ड्याम बनाउने क्रममा बिग्रिएको बाटो बनाउन आग्रह गर्दा क्रसरलाई खोलाजन्य पदार्थ दिएपछि जनप्रतिनिधिहरु पनि चुप बसेका छन् । अहिलेसम्म कुनै कागजात भने छैन्’ स्थानीयले दावी गरे । क्रसर संचालकहरुले राजनीतिक पहुँचको फाइदा उठाउँदै अवैध काम गरेको पनि स्थानीयको आरोप छ ।
वडा २३ का वडा सदस्य भरतराज भण्डारीले पनि क्रसर सञ्चालन गर्न वडाले कुनै सिफारिस नदिएको बताए । ‘हामीले त कुनै सिफारिस दिएका छैनांै, उहाँहरुले महानगरमा सञ्चालन गर्न अनुमति लिने तयारी गरेको बताउनुभएको छ तर वडासँग अहिलेसम्म कुनै समन्वय भएको छैन्” सदस्य भण्डारीले भने । महानगरले एक हप्ता अघिमात्र क्रसर संचालनमा रोक लगाएको थियो । ‘तर, फेरि सञ्चालनमा आएको छ, वडाले सिफारिस गरेको छैन, हाम्रो भनाई कानूनी रुपमा संचालन होस् भन्ने हो, कानून बाहिर रहेर उद्योग सञ्चालन हुनुहुँदैन’ उनले भने ।
हामी प्रक्रियामा छौ : सञ्चालक
अबैध रुपमा क्रसर सञ्चालन गर्दै आएको गण्डकी फाउन्डेसन प्रालिका सञ्चालक हरि बरालले दर्ताको प्रक्रियामा रहेको बताएका छन् । उक्त स्थानमा सञ्चालनमा आएको क्रसरको बारेमा भने सञ्चालकको दोहोरो कुरा आएको छ । फोन वार्तामा पहिले उनले प्रक्रियामा रहेको र सबै काम सम्पन्न भए पश्चात सञ्चालनमा आउने बताएपनि संचालन भइरहेको देखिन्छ नि भन्दा उनले परीक्षणको लागि सञ्चालन गर्न लागेको बताए । ‘हामी प्रक्रियामा छौं । क्रसर सञ्चालनको लागि हामिले कानूनी प्रक्रिया चालिरहेका छांै । अन्तिम चरणमा पुगेको छ ।” सञ्चालक बरालले भने ।
क्रसर सञ्चालनको लागि कर तिर्नेदेखि महानगरमा कागज पु¥याउने काम भएको छ ’,उनले भने ‘हामीले ट्रायल गरेका छौ । मोटर नयाँ छ त्यसैले हामिले ट्रायल गरेका हौँ । महानगरका प्रमुखले बन्द गर्न भनेपछि हामीले बन्द गरेका थियौँ, काम अन्तिम चरणमा पुगेकाले ट्राइल गरेका मात्र हौँ ।’ क्रसर सञ्चालनको लागि ३ वर्षअघि तदर्थ समिति गठन गर्दै स्थानीयसँग सहमति गर्दै सञ्चालन गरेको उनले जिकिर गरे । तर, स्रोतका अनुसार बीचमा क्रसरले राज्यलाई कर समेत नतिरेको र पुन: सञ्चालनको लागि भने कर तिरेको हुन सक्ने अनुमान लगायो । क्रसर बन्द भएपछि महानगरमा सञ्चालनको लागि पटकपटक निवेदन समेत दिएको सञ्चालक बरालले बताए । ‘क्रसर निकासी तथा प्रशोधन गरी पाऊँ भनी पटक पटक निवेदन दिएका थियौं’, उनले भने । बरालले परीक्षणको लागि सञ्चालन गरेको भने पनि केही समय अघिदेखि नै त्यहाँबाट धमाधम गिट्टी बेचबिखन हुँदै आएको स्रोतले जिकिर ग¥यो । खहरे खोलामा सञ्चालन भएकोत्र क्रसरको बारेमा वडाध्यक्ष भने बेखवर जस्तै देखिएका छन् ।
पोखरा महानगरपालिका वडा २३ का वडा अध्यक्ष विष्णुप्रसाद पराजुलीले क्रसर सञ्चालनबारे कुनै जानकारी नभएको बताए । ‘सञ्चालन कम्पनीले वडालाई कुनै जानकारी गराएको छैन् । सबै प्रक्रिया पु¥याएर मात्र सञ्चालन गर्न पाउँनेछन् । मैले पनि कहिँकतै सञ्चालन गर्छन् रे भन्ने सुनेको छु तर वास्तविकता भने थाहा छैन’, उनले भने । आफ्नै वडामा करौडौँको पुल निमार्ण भइरहेको स्थानमै क्रसर सञ्चालन हुदाँ उनले देखेनन् भन्ने पत्याउन भने गाह्रो छ । गिट्टी, बालुवा प्रशोधन गर्नेमात्र भनेर स्थानीय व्यापारी, उद्योगी÷ व्यवसायी तथा जनतासँग छलफल भएको र खोलाको दुबै किनारमा जाली लगाउने तथा खोला कटानले धानेन भने सिमेन्टेड वाल लगाउने, स्थानीयलाई सस्तोमा गिट्टी÷बालुवा दिने र रोजगार दिने सहमतिको आधारमा क्रसर सञ्चालनमा आएको अध्यक्ष पराजुलीले बताए ।
‘पहिले र अहिलेमा केहि फरक हो कि भन्ने सुन्नमा आएको छ । वडामा कुनै जानकारी नगरी सञ्चालन गरेको रे भन्ने छ । कानूनी रुपमा प्रक्रिया पु¥याए हामी संचालन अनुमति दिन्छौँ, दिन मिल्ने भए दिने हो । नियम पु¥याए आउन आग्रह गरेका छौँ’, उनले भने । सञ्चालन बारे शुक्रबार वडाको समन्वयमा सर्वदलीय बैठक बसी निर्णय गर्ने अध्यक्ष पराजुलीले बताए । प्रक्रियाविना सञ्चालन गर्नु अबैध नै ठहरिने उनले बताए । ‘ट्रायल गरेको भएपनि हामिलाई खवर हुनपर्ने हो त्यसो भएन । विधिवत आउन सके सञ्चालन हुनेछ, होइन भने रोकिने छ’, अध्यक्ष पराजुलीले भने ।





