सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

नीति र कार्यक्रमको लक्ष नजिक ताराखोला गाउँपालिका

नीति र कार्यक्रमको लक्ष नजिक ताराखोला गाउँपालिका


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३० २०७७, शुक्रबार

बागलुङ, ३० जेठ– कोरोना संकटका बीच ताराखोला गाउँपालिकाले गत बर्षको नीति तथा कार्यक्रमको लक्ष नजिक पुगेको छ । भ्रमण बर्षका कार्यक्रम बाहेकका अन्य सबै काममा सफलता पाएको अध्यक्ष प्रकाश घर्तीले दाबी गरे । आर्थिक बर्ष २०७६÷०७७ का लागि भ्रमण बर्षको योजना समावेश गरेको थियो । तत्कालिक प्राथमिकताको पर्यटनमा सोचेजस्तो नभएपनि दिर्घकालिन रुपमा संचालन गरेको अभियानमा भने लक्ष नजिक पुगेको हो । ‘कृषि, वन, खनिज र पर्यटन उद्यमशिलताका लागि सबल पूर्वाधार, समृद्ध समन्यायिक ताराखोला निर्माणको मुल आधार’ भन्ने गत बर्षको नाराको अधिकांस काम भएको घर्तीले बताए ।
गतबर्षको नीति अनुसार कृषि, पशुपालन, रोजगार र पर्यटन प्रवद्र्धनमा काम भएको उनले बताए । ‘पर्यटक भित्राउन नसकेकै कारण हाम्रो अर्थतन्त्र धरासायी बन्न भएन, त्यसैले कृषिको बिकासमा पनि उत्तिकै काम गरेका हौं’ घर्तीले भने, ‘प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना देखि व्यवसायिक फर्म संचालन र कृषि फसल निर्यातमुखी बनाउनेमा सफलता नजिक पुगेका हौं ।’ नीतिमा समृद्ध र आत्मनिर्भर गाउँपालिका बनाउने लक्षकै बाटोमा काम भएको उनले बताए । आगामी साता आगामी आर्थिक बर्षका लागिपनि नीति तथा कार्यक्रम आउने उनले जानकारी दिए ।
गाउँपालिका भित्र पाईने जडिबुटी संरक्षणका लागि नीति अनुसारका कार्यक्रम बनाइएको, कृषि र जडिबुटीको बजारीकरणका लागि काम थालिएको तथा खनिजको अध्ययन थालिसकिएको उनले बताए । पर्यटन बर्षको कार्यक्रम स्थगित भएपनि चैत सम्ममा अधिकांस पर्यटकीय गन्तव्यहरुको खोजी भैसकेको समेत उनले जानकारी दिए । नीतिमा ताराखोला भ्रमणबर्षको रुपमा मनाउने योजना थियो । त्यस अन्र्तगत चालु बर्ष दुइवटा होम स्टे निर्माण भएर संचालनमा समेत आइसकेका छन् । अर्गानिक खानाका लागि ती होमस्टे चर्चामा आइसकेका थिए ।
लकडाउनले असर गरेको बाहेक पर्यटकीय गन्तव्य निर्माण, प्राकृतिक क्षेत्र सहित ताराखोलाका मौलिक कला र संस्कृति, हस्तकला, स्थानीयको मेहेनत र उद्यमशिलतालाई प्रोत्साहन गर्ने काम अगाडि बढेको उनले जानकारी दिए । ताराखोलामै सांस्कृतिक संग्राहलय बनाउने काम ठेक्कामा गैसकेको छ । ७ सय जना अट्ने बहुउद्धेश्यीय सभाहल अन्तिम चरणमा पुगेको छ । औद्योगिक ग्राम स्थापनाका लागि जग्गा छनौट भएर प्रारम्भिक निर्माणको काम सुरु भैसकेको छ । गाउँपालिकालार्य पूर्ण सरसफाई युक्त गाउँपालिका बनाउने अभियान निरन्तर चलेको र लकडाउनको समयमा पनि बालबालिकालाइ खोप लगाउने काम भैरहेको उपाध्यक्ष दिलकुमारी पुनले बताइन् । सामाजिक समानताको लागि काम भैरहेकोले न्यायिक समितिमा उजुरी पनि कम मात्रै पर्ने गरेको उनको भनाइ छ ।
शिक्षा योजना कार्यान्वयन गर्ने र बिद्यार्थी संख्या कम भएका बिद्यालय गाभ्ने नीति अनुसार चालु शैक्षिक शत्रमा कार्यान्वयनमा ल्याउने काम लकडाउनले रोकिएको छ । ताराखोलाले नियमित स्वास्थ्य शिविर पनि चलाएर नागरिकलाई गाउँमै सेवा दिएको बताए । कोरोना कहरको बेलामा सबै वडामा क्वारेन्टाइन बनाएर भारत र अन्य क्षेत्रबाट आएका युवालाई व्यवस्थित रुपमा राखेर खाने बस्ने व्यवथापन गराएको समेत घर्तीले जानकारी दिए । ‘कोरोना कहरले सबै काम गर्न सकिएन, तर नीतिमा भनेअनुसारका धेरै काममा लक्ष नजिक पुगेका छौं’ उनले भने, ‘स्वास्थ्य क्षेत्रमा भने अझै कमजोर रहेछौं, अब आगामी बर्ष लगानी पनि बढाएर सबै नागरिकको स्वास्थ्य रक्षामा काम गर्छौ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->