बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

आफ्नै शिशुको हत्या गरेकी महिला ७ वर्षपछि पक्राउ

आफ्नै शिशुको हत्या गरेकी महिला ७ वर्षपछि पक्राउ


  • संजय रेग्मी
  • जेष्ठ ३० २०७७, शुक्रबार

पर्वत, ३० जेठ– आफैले जन्माएको नवजात शिशुको हत्या गरेकी पर्वतकी एक महिला घटना भएको ७ वर्षपछि पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा जिल्लाको कुस्मा नगरपालिका–१४ स्थित अँधेरीनेटाकी ४७ बर्सिया अमृता भनिने तारा नेपाली रहेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीका अनुसार, नवजात बालिकाको हत्यालगत्तै फरार रहेकी ती महिलालाई प्रहरीले खोजतलास गरिरहेको थियो । सोही क्रममा प्रहरी निरीक्षक सुवेदीको कमान्डमा कास्की पुगेको टोलीले वडा प्रहरी कार्यालय बगरको सहयोगमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकस्थित यामबहादुर नेपालीको घरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो । उनलाई बिहीबार राती ८ बजे प्रहरीले नियन्त्रणमा लिएको थियो ।
‘कर्तब्य ज्यानमा संलग्न ती महिलाको बारेमा प्रहरीले बुझिरहेको थियो । हामीले हाम्रो तरिकाबाट सुराकको प्रयोग गरिरहेका थियौँ । अन्तत : ७ बर्षमा उनलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ ।’ प्रहरी निरीक्षक सुवेदीले भने, ‘हामीले उनलाई नियन्त्रणमा लिएर तत्कालिन घटनाको बिषयमा सोधपुछ गरिरहेका छौँ । अहिले मुद्धा दायर गरेर अनुसान्धान गरिरहेका छौँ ।’
प्रहरीका अनुसार, ती महिलाले अवैध रूपमा बोकेको गर्भबाट छोरी जन्मिएपछि २०७० साल फागुन १२ गते अँधेरीनेटामा नै हत्या गरेकी थिइन् । अभियुक्त नेपालीलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धानको लागि जिल्ला अदालत पर्वतबाट म्याद थपेर जाँचबुझ चलिरहेको प्रहरी निरीक्षक सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->