बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बेनीमा चिस्यान केन्द्रको एक करोड फ्रिज

बेनीमा चिस्यान केन्द्रको एक करोड फ्रिज


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३२ २०७७, आइतबार

म्याग्दी, ३२ जेठ– चालु आर्थिक वर्ष ०७६/७७ का लागि केन्द्र सरकारबाट कोल्ड स्टोर निर्माणका लागि बेनी नगरपालिकालाई प्राप्त भएको बजेट फ्रिज भएको छ ।  नगर क्षेत्रका कृषकका समस्या र आवश्यकतालाई ध्यानमा राखी नगरपालिकाले कोल्ड स्टोर निर्माणका लागि केन्द्र सरकार समक्ष बजेट माग गरेको थियो ।  बजेट त विनियोजनत भयो तर उक्त बजेट अनुसारको काम हुन नसक्दा बजेट फिर्ता भएको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताए । नगर क्षेत्रभित्रै कोल्ड स्टोर्स निर्माणका लागि सार्वजनिक जग्गा व्यवस्थापन गर्न नसक्दा बजेट फ्रिज भएको नगरपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले जानकारी दिए । कृषकले उत्पादन गरेका मौसमी तथा बेमौसमी फलफूल र तरकारीहरु सुरक्षित भण्डारण गर्न कोल्ड स्टोर्स बनाउने रकम माग गरिएको थियो ।  ‘कोल्ड स्टोर्स निर्माणका लागि करिब दुईदेखि ३ रोपनी जग्गाको आवश्यकता पर्छ तर हामीले एक रोपनी जग्गासमेत पाएनौं,’ प्रवक्ता बराइलीले भने, ‘अर्को वर्ष यसैमा बजेट थप गरी माग गर्छौं र जसरी भए पनि जग्गा व्यवस्थापन गरी कोल्ड स्टोर्स निर्माण गर्छौं ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->