बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नेपालकै अग्लो स्थानमा मोटरबाटो

नेपालकै अग्लो स्थानमा मोटरबाटो

सडक निर्माणका लागि चालु आर्थिक बर्षमा ११ करोड रुपैयाँ बिनियोजन भएको थियो


  • निरज थकाली
  • जेष्ठ ३२ २०७७, आइतबार
. 8f]Nkf hfg] ;8s l7gL, #@ h]7 ;d'b|L ;txaf6 kfFr xhf/ ld6/ prfOdf /x]sf] lxdfnL lhNnf d':tfªsf] kmNofs ufpF x'Fb} 8f]Nkf hf]8g] ;8s lgdf{0f ul/Fb} . ;‹Lo ;/sf/sf] ef}lts k"jf{wf/ tyf oftfoft dGqfnon] cfly{s jif{ @)&^÷&& df sfof{Gjog x'g] u/L ? !! s/f]8 ljlgof]hg u/]sf] 5 . t:jL/M lg/h ysfnL÷/f;;

मुस्ताङ, ३२ जेठ– हिमालपारीको जिल्ला मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने गरी सडक सञ्जाल निर्माणको काम सुरु भएको छ । संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मुस्ताङको साङ्ताहुँदै उपल्लो डोल्पाको छार्कालाई जोड्न सडकको काम सुरू गरेको हो । सडक निर्माणका लागि चालु आर्थिक बर्षमा ११ करोड रुपैयाँ बिनियोजन भएको थियो ।
सडक डिभिजन कार्यालय बागलुङले ठेक्का प्रक्रियामार्फत उक्त सडक निर्माणको प्रक्रिया अघि बढाएको हो । वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–५ मा पर्ने साङ्ता गाउँसम्म बेनी–जोमसोम–कोरला सडकअन्तर्गत पर्ने एक्लेभट्टीदेखि ४६ किलोमिटर सडकको ट्रयाक खुलिसकेको छ । यो कच्ची सडकमा सवारी सञ्चालनसमेत भइरहेको छ । साङ्तादेखि डोल्पाको याखर्कसम्म जोड्न ४० किलोमिटर सडक निर्माण गर्नुपर्ने मुस्ताङका प्रतिनिधिसभा सदस्य प्रेम तुलाचनले बताए । साङ्ता गाउँ मुस्ताङको सबैभन्दा दुर्गम बस्ती हो । उपल्लो डोल्पाको छार्कादेखि मुस्ताङतर्फ पनि सडक निर्माण भइरहेको छ । यो कर्णाली र गण्डकी प्रदेश जोड्ने सडक पनि हुनेछ ।

समुन्द्री सतहदेखी ५ हजार मिटरभन्दा अग्लो स्थान छुने गरी बन्न लागेको यो सडक नेपालकै सबैभन्दा अग्लो स्थानमा बन्न लागेको सडक हो । मुस्ताङ र डोल्पा सडक सञ्जालमा जोडिएमा उपल्लो डोल्पाका बासिन्दाको जनजीवनमा धेरै सहज हुने बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले बताए । ‘अझै यातायातको सुविधा नभएको उपल्लो डोल्पाका बासिन्दालाई राजधानी काठमाडौं आवतजावत गर्न यो सडक छोटो हुन्छ’, उनले भने, ‘कृषि उपज, जडीबुटी निकासी, निर्माण सामग्री र खाद्यान्न ढुवानी सस्तो पर्छ ।’ वारागुङ्ग मुक्तिक्षेत्र तथा मुस्ताङ जिल्लाको लाइफलाइन मानिने यो सडकको निर्माणले स्थानीयको जनजीवनमा परिवर्तनको अपेक्षा गरिएको छ । मुस्ताङहुँदै उपल्लो डोल्पा भ्रमणमा जाने पर्यटकको संख्यासमेत बढ्ने अध्यक्ष गुरुङले बताए ।

सडक डिभिजन कार्यालय बागलुङका सब–इन्जिनयर सगुन कुमार कार्कीका अनुसार, विभिन्न ५ खण्डमा बनाइने सडकका लागि छुट्टा–छुट्टै रकम बिनियोजन भएको छ । एउटा खण्डका लागि ५ करोड, २÷२ करोडका दुई खण्ड र १÷१ करोडका २ खण्ड गरी पाँच खण्डमा सडक निर्माण हुन लागेको हो । यही आर्थिक वर्षभित्रमा कर्णाली प्रदेशको डोल्पा जोडिने संघीय सांसद प्रेम प्रसाद तुलाचनले जानकारी दिए । सांसद ततुलाचनले भौतिक पूर्वााधार मन्त्रालयबाट निर्वाचन क्षेत्रका लागि आएको १० करोड रकममध्ये ४ करोड रकम समेत यही सडकको लागि छुट्टाएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->