सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण

वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण


  • Dhorpatan News
  • असार २ २०७७, मंगलबार
फाईल तस्विर

बागलुङ, २ असार– गलकोट नगरपालिकाले चालु आर्थिक बर्षको सामाजिक सुरक्षा भत्ताको अन्तिम किस्ता लाभग्राहीलाई वितरण गरेको छ । वडा नं. २ मा रहेका लाभग्राहीलाई  वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । ग्लोवल आईएमई बैंकका कर्मचारी र वडाका प्रतिनिधि तथा कर्मचारीहरु वडामा लाभग्राहीलाई बोलाएर सामाजिक दुरी कायम गर्दै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडा सचिव शान्ति शर्माले बताईन् । लकडाउनको समयमा बैंकमा पुगेर भत्ता बुझ्न कठिन भएका नागरिकलाई वडा मार्फतनै सामाजिक सुरक्षा भत्ता दिईएको हो । वडाले २ सय ६१ जना जेष्ठ नागरिक, एकलमहिला, अपांगता भएका तथा सामाजिक सुरक्षा भत्ता पाउँदै आएका सबै लक्षित बर्गका नागरिकलाई भत्ता वितरण गरेको शर्माले बताइन् । वडामा ५ सय जनाले सामाजिक सुरक्षा भत्ता पाउँदै आएका थिए । वडा कार्यालयमा उपस्थित भएकालाई उपलव्ध गराईएको र बाँकीको बैंक खातामा रकम जम्मा हुने वडा कार्यालयले जनाएको छ । लकडाउनकै समयमा दोस्रो किस्ताको सामाजिक सुरक्षा भत्ता गाउँमै पुगेर बाँढेको वडाले बैंक सँगको सहकार्यमा अन्तिम किस्ताको रकम वडा कार्यालयबाट वितरण गरेको हो । वडाबाटै भत्ता पाउँदा स्थानीय खुसी भएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->