सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

ठुलामा छुटाएर टुक्रे योजनाले सम्बोधन गर्दै खानेपानीका समस्या

ठुलामा छुटाएर टुक्रे योजनाले सम्बोधन गर्दै खानेपानीका समस्या

झण्डै ३३ करोडभन्दा धेरैका योजनामा सहलगानी कार्यक्रमसहित बागलुङ बजार आसपासमा मात्रै २७ करोडभन्दा धेरै रकम खर्च हुने


  • ढोरपाटन संवाददाता
  • असार २ २०७७, मंगलबार

बागलुङ, २ असार– बागलुङ बजारमा ५० बर्षसम्म थपिने जनसंख्याको आँकलन गरेर चौबिसै घण्टा खानेपानी पु¥याउनेगरी बृहत लिफ्टिङ खानेपानी आयोजना निर्माणाधिन छ । यो आयोजनाको निर्माण यसैबर्ष थालिएको हो । यो आयोजनाअन्र्तगत काठेखोलाको पानी बागलुङ नगरपालिका–४ रात्माटामा लिफ्टिङ गरेर ल्याईने छ ।
आयोजना निर्माणकै चरणमा रहेका बेला सहायक आयोजनाहरु समेत धमाधम स्विकृत भैरहेका छन् । सरकारले आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गरेसँगै बिभागिय मन्त्रालयले बागलुङमा सञ्चालन हुने आयोजनाको बिबरण सार्वजनिक गरेको छ । सह–लगानी कार्यक्रमअन्र्तगत निर्माण भैरहेको यो आयोजनाको सहयोगी आयोजनाका रुपमा बागलुङमा पुनः दुईवटा नयाँ आयोजना थपिएका छन् । लिफ्टिङका लागि काठेखोलामा बाँध बनाउन र बृहत योजना निर्माणका लागि डिपिआर बनाउँदा छुटेका तर सम्भावित बस्तीहरु समाबेश गर्नका लागि सहयोगी आयोजना स्वीकृत भएका हुन् ।
बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले बृहत आयोजना निर्माण थालेको हो । संस्थाले बजारको अवश्यकतालाई ध्यानमा राखेर सरकारलाई गरेको प्रस्ताव अनुसार डिपिआर तयार गरेर यो आयोजना सञ्चालनमा आएको हो । ४५ करोड लागत स्टमेट रहेको यो आयोजनाको ठेक्का ३५ करोडमा निर्माण कम्पनीले लिएको छ । जिल्लाकै ठुलो यो आयोजना निर्माणका लागि गरिएको स्टमेटमा पूर्वतयारीमा कमी भएकै कारण आगामी आ.व.को सहयोगी आयोजना सञ्चालन गर्नुपरेको हो ।
‘बिस्तारित नगर खानेपानी आयोजना बागलुङ’ आगामी आर्थिक बर्षमा सञ्चालन हुने छ । जसको लागि खानेपानी तथा ढल निकास बिभाग, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कास्कीले २५ लाख रुपैयाँ बजेट खर्चिँदै छ । यो बजेट बृहत लिफ्टिङ खानेपानी आयोजना स्थलमा बाँध बनाउनका लागि बिनियोजन भएको हो ।
‘बृहत खानेपानीका लागि तयार गरिने काठेखोला मुहान आसपासमा बाँध बाँधेर सुरक्षित गर्नुपर्ने छ, बजेट त्यसैका लागि हो’ संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कास्कीका सिनियर इन्जिनियर शेखर केसीले भने ‘भविश्यमा पानी कम हुनसक्ने सम्भावना कम गर्न बाँधको अनिवार्य छ ।’ डिपीआर तयार गर्नेबेला यो बिषयमा सोचेको भए काठेखोलामा त्यतिबेलै बाँध बन्थ्यो । तर, काम गर्दै जाँदा आवश्यकता महशुस भएपछि योजना माग गर्नुपरेको नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको भनाई छ ।
बजार क्षेत्रमा मात्रै खानेपानी उपलव्ध गराउँदै आएको संस्थाले गरेको प्रस्तावमा छुटेका केही गाउँमा काठेखोला लिफ्टिङ आयोजनाकै पानी पु¥याउने बागलुङ नगरपालिकाको योजना छ । बजारभन्दा उत्तरतर्फका लंगाउँ, ठुलो लंगाउँ, तिनतले, पाखाथर, रात्माटा लगायतका गाउँमा पानी पु¥याउन नगरपालिकाले चालु बर्षमै ४० लाख खर्चेको छ । ‘एक लाख पचास हजार लिटर क्षमताका तीन वटा ट्यांकी निर्माण भैरहेका छन्’ बागलुङ नगरपालिकाका इन्जिनियर गौरव शर्माले भने ‘सबै गाउँका ३ हजार जनसंख्यालाई पुग्नेगरी पानी पु¥याउने लक्ष छ ।’
लिफ्टिङ आयोजनाको प्राथमिकतामा नपरेका र पानी पु¥याउने सम्भावना धेरै रहेका यि गाउँमा बागुङ नगरपालिकाले गरेको लगानीमा संघिय सरकारले आगामी बर्ष सञ्चालन हुनेगरी अर्को आयोजना स्विकृत गरेको छ । जसका लागि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कास्कीले ५० लाख रुपैयाँ खर्चिँदै छ ।
‘नगरको ४० लाखले ट्याङ्की बनेका छन्, अब पाइपलाईन विस्तार र धारा जडानको काममा नयाँ योजनाले काम गर्छ’ शर्माले भने ‘सबै गाउँमा पानी पर्याप्त पुग्छ ।’ लिफ्टिङ खानेपानीको रात्माटामा रहने मुख्य ट्याङ्कीबाट झण्डै एकसय मिटर भर्टिकल हाईटमा पानी तानेर ती गाउँमा खानेपानी वितरण गरिने छ ।
सहायक योजनाहरुले निर्माण गर्ने संरचनाहरु मुख्य योजनामै नपरेकाले नयाँ योजना स्वीकृत भएका हुन् । बागलुङमा आगामी आर्थिक बर्षमा सञ्चालन हुने २० वटा खानेपानी तथा सरसफाई आयोजनाहरुको ठुलो हिस्सा बागलुङ बजार र आसपासकै क्षेत्रमा सञ्चालन हुने योजनाले ओगटेका छन् । झण्डै ३३ करोडभन्दा धेरैका योजनामा सहलगानी कार्यक्रमसहित बागलुङ बजार आसपासमा मात्रै २७ करोडभन्दा धेरै रकम खर्च हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->