बागलुङ, ६ असार– गुड से फर ईन्टरनेशनल फाउण्डेशन नेपालले धौलागिरी अस्पताल बागलुङलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । नेपाली कांग्रेसका नेता जगदिशचन्द्र उपाध्यायको पहलमा कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीका लागि फाउण्डेशन नेपालले १ लाख ९४ हजार बराबरको सुरक्षा सामग्री प्रदान गरेको धौलागिरी अञ्चल अस्पताल बागलुङका सदस्य शालिग्राम शर्माले जानकारी दिए । उक्त संस्थाले ३० थान पिपिई सेट, एन ९५ मास्क, सर्जिकल मास्क, गल्ब्स र डिसईन्फेक्टेड सोलोशन २ जार प्रदान गरेको हो । उक्त सामग्री पहलकर्ता एबं कांग्रेस नेता जगदिशचन्द्र उपाध्याय, महिला नेतृ सकुन्तला शर्मा र सदिक्षा शर्माले धौलागिरी अस्पतालका अध्यक्ष केबी राना मगर र मेडिकल सुपरिटेण्डेन्ट सैलेन्द्र बि. पोखरेललाई हस्तान्तरण गरेका हुन् ।
आर्युेवेद अस्पताललाई स्वास्थ्य सामग्री सहयोग
नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशीले पर्वतको फलेवास नगरपालिकामा रहेको जिल्ला आर्युवेदिक अस्पताललाई थर्मल गन र पिपिई हन्तान्तरण गरेका छन् । जोशीले पर्वत घर भई काठमाडौंमा कार्यरत डा. केदार सुवेदीको पहलमा प्राप्त भएको सामग्री पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीमार्फत आर्युेवेदिक अस्पताललाई दुई थान पिपिई र थर्मल गन हस्तान्तरण गरेका हुन् ।
पतञ्जली योग समितिले साबुन प्रदान गर्ने
पतञ्जली योग समिति बागलुङले अन्तराष्ट्रिय योग दिवसको अवसर पारेर जिल्लाका बिभिन्न स्थानमा पतञ्जली साबुन प्रदान गर्ने भएको छ । समितिले शुक्रबार बागलुङ नगरपालिका–३ को कार्यालयमा १२ पिस प्रदान गरेको पतञ्जली योग समितिका सचिव धन बहादुर कार्कीले जानकारी दिए । उक्त साबुन वडा अध्यक्ष लक्ष्मी बास्कोटालाई पतञ्जली योग समितिलाई प्रदान गरिएको थियो । कार्कीले बागलुङको राधाकृष्ण मन्दिर कुँडुले मन्दिर, मानव सेवा आश्रम, धौलागिरी अस्पताल,कारागार जिल्ला प्रसाशन, जिल्ला प्रहरी कार्यालय, बिभिन्न सञ्चार माध्यम, गौरिधाम शिव मन्दिर, पञ्चकोट धाम लगायतका क्षेत्रमा प्रदान गरिने जानकारी दिए ।





