बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

वर्षौंपछि बढ्यो गोरुको किनबेच

वर्षौंपछि बढ्यो गोरुको किनबेच


  • Dhorpatan News
  • असार ७ २०७७, आइतबार

पोखरा, ७ असार – मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङले यो वर्ष आफ्नो क्षेत्रमा गोरुको किनबेच असाध्यै बढेको बताएका छन् । कति गोरु बिक्री भयो भन्ने आधिकारिक तथ्याङ्क नभए पनि धेरै वर्षपछि गाउँमा गोरुको किनबेच बढी भएको उनको दावी छ । यसअघि बाँझो छाडिएको खेतबारीमा पुनः खेति थालिएपछि यो अवस्था आएको उनले बताए । लकडाउनपछि मानिसहरु कृषिकर्ममा फर्किएको पनि उनको भनाई थियो । गाउँपालिकाले भौतिक विकासंगै कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर अघिबढेको बताउँदै बाँझो जमिनमा खेति हुन थालेकोमा खुसी व्यक्त गरे । ‘पहिलाजस्तो सबै खेत त के जोतिन्थ्यो’, उनले टेलिफोनमा भने,‘ तर, गाउँमा खेतिप्रतिको जागरण बढेको छ ।’
गाउँपालिकाको विकास निर्माणको अनुगमन गर्न गएको जिल्ला समन्वय समितिको टोली समक्ष उनले लकडाउनकै बीचमा पनि मादी गाउँपालिकाका अतिकांश विकास निर्माणका योजनाले निरन्तरता पाएको बताए । बजेट विनियोजन भएपनि समयमा कार्य विधि नबन्ने र झन्झटिलो खरिद ऐन तथा अप्ठेरो बन नीतिका कारण विकास निर्माण काममा अवरोध भएको उनको गुनासो छ । अनुगमन टोलीले गाउँपालिका अन्तर्गत संघीय योजना पोखरा १३ कसेरी र मादी ५ जोड्ने विजयपुर खोला माथि ५ करोड ५७ लाख रुपैया र प्रदेशको ६९ लाख रुपैयामा मादी वडा नं. ३ र ७ जोड्ने मादीनदी माथि ज्याम्दुको पक्कि पुलको स्थलगत अनुगमन गरेको थियो । त्यसगरी अनुगमन टोलीले निर्माणाधीन काहुँखोला सिक्लेस एवम् कसेरी, भैसे हुँदै पालिकाको केन्द्र जोड्ने याङजाकोट सडक र जिसस मौज्जुदा कोष ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत साझेदारीमा ५ करोड १७ लाख ७२ हजार ५०९ रुपैयाको लागतमा निर्माण भई रहेका ७ वटा वडा कार्यालय भवनको जानकारी लिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->