बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कास्कीको रुपामा अब कृषि एम्बुलेन्स

कास्कीको रुपामा अब कृषि एम्बुलेन्स


  • Dhorpatan News
  • असार ९ २०७७, मंगलबार

पोखरा, ९ असार – कास्कीको रुपा गाउँपालिकाले बजेटको ठूलो हिस्सा पूँजिगत खर्चमा लगाउँदै आर्थिक वर्ष २०७७÷०७८ को लागि बजेट पारित गरेको छ । गाउँपालिका अध्यक्ष नवराज ओझाबाट प्रस्तुत बजेटमा पूँजिगत बजेटको हिस्सा १४ करोड ८० लाखको हाराहारीमा छ । उनले करिब ५ करोड १२ लाख रुपैयाँ चालु खर्चमा छुट्याएका छन् । बजेटले श्रम तथा रोजगारीलाई विशेष प्राथमिकता दिएको छ । बजेटमा यो शीर्षकअन्तर्गत १ करोड ५० लाख छुट्याइएको छ । बजेटमा १८ करोड ८० लाख स्रोत ससर्त अनुदानको रहेको छ । बजेटले कृषिको विकासमा १ करोड १६ लाख विनियोजन गरेको छ भने जलश्रोत तथा सिंचाई,पर्यटन, पशुपंक्षी विकास,विज्ञान प्रविधि,यातायात पूर्वाधार,खानेपानी तथा सरसफाई,शिक्षा र स्वास्थ्यलाई एक करोडभन्दा कम बजेट विनियोजन गरिएको छ ।
बजेटले स्वदेश र विदेशमा रोजगारी गुमेका युवाहरुलाई विभिन्न विधामा रोजगारी दिलाउन गाउँपालिकाको तर्फबाट युवा तथा स्वरोजगार कोष स्थापना गर्ने घोषणा गरिएको छ । सो कोषमार्फत् न्यूनतम ब्याजदरमा ऋण दिइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यसैगरि वैदेशिक रोजगारलाई निरुत्साहित गर्न रोजगार कार्यक्रम ल्याइने, युवाहरुलाई व्यवसायभन्दा पहिला तालीम दिइने, अनुदानका कार्यक्रम चलाइने पनि गाउँपालिकाले घोषणा गरेको छ । गाउँपालिकाले कृषि उत्पादनहरु खेर जाने अवस्थाको अन्त्य गर्न ‘कृषि एम्बुलेन्स’ राख्ने र किसानका उत्पादनहरु निःशुल्क बजारसम्म पु¥याउने घोषणा गरेको छ ।
‘आधुनिकीकरण, व्यबसाय र रोजगारीमा ब्यापकता सबै जनता (घरको) व्यावसायिक कृषि पशुमा सहभागिता’ नारासहितको यो कार्यक्रमले एक वडा एक नर्सरी स्थापना कार्यक्रम पनि समेटेको छ । बाँझो जग्गा व्यवस्थान गर्न भाडामा लिने व्यवस्थासहित चक्लाबन्दीमा ५० प्रतिशत अनुदान दिने पनि गाउँपालिकाको घोषणा रहेको छ । कृतिम गर्भाधानको लागि शत्प्रतिशत अनुदान, घरघरमा कृषि प्राविधिक पु¥याउन मोटरसाइकल मोबाइल सेवालाई पनि गाउँपालिकाले प्राथमिकतामा राखेको छ । गाउँपालिकाले यो वर्ष पनि नयाँ बाटो र ट्रयाक नखोल्ने नीतिलाई निरन्तरता दिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->