सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

काठेखोलाले पूर्वाधारका संरचनाको बिमा गर्ने

काठेखोलाले पूर्वाधारका संरचनाको बिमा गर्ने

आगामी आर्थिक वर्षका लागि ४९ करोडको बजेट सार्वजनिक


  • ढोरपाटन संवाददाता
  • असार १० २०७७, बुधबार
?????????????????????????????????????????????????????????

बागलुङ, १० असार– जिल्लाको काठेखोला गाउँपालिकाले पूर्वाधार बिकासका काममा ३५ प्रतिशत संरचना निर्माणको कामलाई ५० प्रतिशत पु¥याउँदै संरचनाको बिमा गर्ने कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ । आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाका अध्यक्ष अमर थापाले संरचनाको बिमा कार्यक्रमलाई प्राथमिकतामा राखेको उल्लेख गरेका हुन् ।
दैविक प्रकोपको शिकार बनिरहेका पूर्वाधारको संरचनाहरु बिमामा सहभागी हुँदा त्यसको क्षतिपूर्ति दिलाएर पूनःनिर्माणमा सहज हुने भएकाले पूर्वाधार संरचना बिमा कार्यक्रम लागु गर्न थालिएको अध्यक्ष थापाले नीति तथा कार्यक्रममा उल्लेख गरेका छन् ।
गाउँपालिकाले आगामि आर्थिक बर्षमा पनि गाउँपालिका केन्द्रदेखि वडा कार्यालय सम्मका सडकहरुलाई थप स्तरोन्नती गर्दै आ.व. २०७७÷७८ बाट ग्रावेल, ढलान र कालोपत्रेजस्ता काम गर्नका लागि पहिलो प्राथमिकता दिने भएको छ । सडकका नयाँ ट्रयाक खोल्ने कामलाई निरुत्साहित गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
गाउँपालिकाले पूर्वाधार बिकासका आलावा कृषि, पशुपालन, खानेपानी शिक्षा र रोजगारी सिर्जनाका कामलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ४९ करोड २० लाख रुपैयाँको बजेटसमेत सातौं गाउँसभामा प्रस्तुत गरेको छ । चालु आर्थिक बर्षको तुलनामा बजेटको आकार केही बढाएको गाउँपालिकाले ससर्त अनुदान बढेकाले बजेटको आकार बढेको जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->