सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

ताराखोला गाउँपालिकाको बजेट ३२ करोड १५ लाख

ताराखोला गाउँपालिकाको बजेट ३२ करोड १५ लाख


  • ढोरपाटन संवाददाता
  • असार १० २०७७, बुधबार

तस्बिर : महेन्द्र घर्ति संगम/ढोरपाटन

बागलुङ, १० असार– आगामी आर्थिक बर्ष २०७७/०७८का लागि ताराखोला गाउँपालिकाले ३२ करोड १५ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । उपाध्यक्ष दिलकुमारी पुनले बुधवार गाउँपालिकामा आयोजित कार्यक्रममा बजेट प्रस्तुत गरिन् ।
बजेटमा चालु तर्फ ४ करोड ५३ लाख शशर्त अनुदान तर्फ १८ करोड १४ लाख र पूजिगत तर्फ १४ करोड १० लाख बजेट बिनियोजन गरिएको हो ।
पुनका अनुसार आर्थिक बिकास तर्फ ३ करोड ५ लाख कृषि र पशु बिकास तर्फ ८४ लाख ४० हजार, सामजिक बिकास तर्फ १ करोड ५ लाख २० हजार, शिक्षा र स्वास्थ्य तर्फ १ करोड २४ लाख तथा खानेपानी र सरसफाई तर्फ १८ लाख १४ हजार बजेट बिनियोजन गरिएको हो ।
त्यस्तै सस्कृति प्रवद्र्धन र लैगिक समानाताका लागि १५ लाख, वडा कार्यालयहरु र सभाहल समेत निर्माणमा १ करोड ५३ लाख, उर्जा र संचारका लागि १३ लाख, सिंचाई तर्फ ४ लाख, सडकका लागि ४ करोड ६८ लाख, सुशनसन र संस्थागत बिकास तर्फ १ करोड ५० लाख, उद्योग र पर्यटनका लागि १ करोड ५५ लाख बजेट बिनियोजन भएको छ । वातावरण संरक्षणमा २४ लाख, गरिब संग गाउँपालिका कार्यक्रमका लागि २५ लाख, रहेको छ ।
कार्यक्रममा जिल्ला समन्वय प्रमुख राजेन्द्र ढुंगानाले संसदीय अभ्यास, संघ, प्रदेश र स्थानीयको समन्वयमा ताराखोला अब्बल देखिएको बताए । उनले कोरोना भाइरस बिरुद्ध लड्नका लागि अहिले गाउँमा स्थानीय सरकार भएको अनुभव दिन सफल भएकोमा सबै पालिकालाई धन्यवाद पनि दिए ।
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष दिल शिरिषले संसदीय अभ्यासबाट गाउँपालिकाहरु चलिरहेको बेला नगरपालिकाले सिक्ने बेला आएको बताए । बुधवार गलकोट नगरपालिकाले भने नीति तथा कार्यक्रम मात्र ल्याएको छ । बजेट भने १५ गते मात्र ल्याउने बताइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->