सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

ढोरपाटनको प्राथमिकता ‘मेयर रोजगार कार्यक्रम’

ढोरपाटनको प्राथमिकता ‘मेयर रोजगार कार्यक्रम’

विपन्नलाई स्वास्थ्यको पहुँच पु¥याउन ‘गाउँ गाउँमा नगर स्वास्थ्य कार्यक्रम’


  • ढोरपाटन संवाददाता
  • असार १० २०७७, बुधबार

बागलुङ, १० असार– कोभिड प्रभावित युवा र बेरोजगारीको समस्या समाधानका लागि बागलुङको ढोरपाटन नगरपालिकाले ‘मेयर रोजगार कार्यक्रम’ सञ्चालनमा ल्याउने भएको छ । आगामि आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख देवकुमार नेपालीले रोजगारी सिर्जना गर्दै बेरोजगारको अन्त्यका लागि ‘मेयर रोजगार कार्यक्रम’ सञ्चालन गर्न लागिएको बताए ।
कृषि, पर्यटन, साना उद्योग तथा स्वरोजगारमुलक व्यवसायमा जोड दिने नीति नगरले लिएको छ । नागरिक स्तरमा स्वास्थ्यको सहज पहुँचका लागि नगरपालिकाले ‘गाउँ गाउँमा नगर स्वास्थ्य कार्यक्रम’ समेत सञ्चालन गर्ने भएको छ । आगामि आर्थिक बर्षको नीति तथा कार्यक्रममा रोजारी पछि स्वास्थ्य र कृषिलाई नगरपालिकाले प्राथमिकतामा राखेको छ । विपन्न नागरिकको स्वास्थ्यमा पहुँच पु¥याउने नीति लिईएको नीति तथा कार्यक्रममा उल्लेख छ ।
सातौं नगरसभामा प्रस्तुत नीति कार्यक्रममा कृषि तथा पशुपालनमा नागरिकलाई समाहित गराई आत्मनिर्भर नागरिक बनाउने मुख्य लक्ष्य रहेको नेपालीले उल्लेख गरेका छन् । सबै वडा वडामा कृषिको वडागत तालिमको व्यवस्था मिलाउने, कृषिमा रोजगारी सिर्जना गर्ने र आत्मनिर्भर नागरिक बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ । पर्यटकीय क्षेत्रको पहिचान गर्ने, पर्यटन क्षेत्रलाई रोजगारसँग जोड्ने, उपभोक्ता हक सुरक्षित गर्दै, बजारक्षेत्रको अनुगमन तथा नीति निर्देशन गरि पर्वद्धन र नियमनमा ध्यान दिने, ढोरपाटन क्षेत्रका सहकारीको व्यवस्थानपन गर्ने, कोभिड—१९ का कारण बैदेशिक रोजगारी गुमाएका नागरिक, असंगठित रोजगारीमा रहेका र उनीहरुको रोजगारी गुमेको अवस्थामा उनीहरुको तथ्याँक संकलन गर्ने, साथै ढोरपाटन नगरका नागरिकलाई ‘मेयर रोजगार कार्यक्रम’ सञ्चालन गर्ने नीति घोषणा गरिएको छ ।
शिक्षा ऐनको परिधिमा रही सर्वशुलभ शिक्षा दिने व्यवस्था मिलाउने भएको छ । कोभिड—१९ को अग्रपंक्तिमा रहेर खटिएका स्वास्थ्यकर्मीलाई आवश्यक प्रोत्साहन तथा भत्ताको व्यवस्था गर्ने, दुरदराजमा आवश्यक स्वास्थ्य संस्थाको स्थापना गर्ने, बुर्तिबाङ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई ग्रामीण स्वास्थ्य अस्पतालको रुपमा विकास गर्न संघ र प्रदेशसम्म समन्वय गर्ने, नगरमा निर्माणधिन खानेपानी आयोजना तत्काल सम्पन्न गर्ने र नगरका सबै वडा तथा टोलटोलमा स्वच्छ, नगर स्वच्छ नगरवासी नारा अवलम्वन गरिने नीति कार्यक्रममा उल्ल्ेख छ । संकृति पर्वद्धन तर्फ नगरपालिकाले मेला तथा महोत्सवलाई व्यवस्थित गर्ने नीति ल्याएको छ ।
खेलकुदको विकास गर्न नगरले खेलकुदका कार्यक्रमलाई निरन्तरता दिने उल्लेछ । नगरले, आर्थिक स्रोतको अभाव, भौगोलिक विकटताका कारण नागरिकका आधारभूत आवश्यकताको पह्ुचसम्म पु¥याउन नागरिकमैत्री भौतिक पूर्वाधार निर्माणका लागि संघ, प्रदेश तथा साना शहरी विकासमा सहकार्य गर्ने नीति ल्याइएको छ ।
यस्तै प्रत्येक वडामा वडा कार्यलय र स्वास्थ्य संस्थासम्म पुग्ने गरि सडक निर्माण गर्ने, ढोरपाटनसम्म सहज पुग्न सक्ने गरि सडकको स्तरउन्नति गर्ने, साना शहरी आयोजनासँग सहकार्य गरि एकीकृत सेवा कार्यालय स्थापना गर्न पहल गर्ने नीति कार्यक्रममा उल्लेख गरिएको छ ।
ढोरपाटन नगरपालिकाको सातौं नगरसभामा यहाँ स्थित राजनैतिक दलहरुले जनमुखी नीति कार्यक्रकम ल्याउन सुझव दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->