सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बडिगाडको बजेट: स्वास्थ्य, शिक्षा र पशुविकासमा ५० लाख

बडिगाडको बजेट: स्वास्थ्य, शिक्षा र पशुविकासमा ५० लाख


  • ढोरपाटन संवाददाता
  • असार १० २०७७, बुधबार

बागलुङ, १० असार– जिल्लाको बडिगाड गाउँपालिकाले आगामी आर्थिक बर्षमा गाउँ कार्यपालिकाको भवन र सबै वडा कार्यालयका भवन निर्माण गर्ने भएको छ ।
बुधबार आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दै गाउँपालिकाले उत्पादनमा जोड दिँदै पूर्वाधार बिकासलाई प्राथमिकतामा राखेको हो ।
आगामी आर्थिक वर्षका लागि बडिगाडले ५३ करोड २ लाख ६९ हजार ७४८ रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिकाले शिक्षा, स्वास्थ्य र पशुविकास कार्यक्रमको लागि समान बजेट बिनियोजन गरेको छ ।
तीनवटै बिषयगत क्षेत्रका लागि ५० लाखका दरले बजेट बिनियोजन गरेको गाउँपालिकाले कृषिका लागि ८५ लाख रुपैयाँ बिनियोजन गरेको छ ।
गाउँपालिकाको भवन निर्माणका लागि २ करोड र वडा कार्यालय भवनहरु निर्माणका लागि १ करोड ८० लाख रुपैयाँ बिनियोजन गरेको गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाईजाले बताए । कोभिड–१९ नियन्त्रण तथा रोकथाम, रोजगारी सिर्जना, स्वरोजगारको प्रबद्र्धन लगायतका क्षेत्रमा प्राथमिकताका साथ बजेट बिनियोजन भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->