सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

गलकोटको नीति : स्वदेश फर्केका युवा लक्षित कार्यक्रम

गलकोटको नीति : स्वदेश फर्केका युवा लक्षित कार्यक्रम


  • ढोरपाटन संवाददाता
  • असार १० २०७७, बुधबार

बागलुङ, १० असार– गलकोट नगरपालिकाले कोरोना त्रासका कारण स्वदेश फर्केका युवाहरु लक्षित कार्यक्रमलाई आगामी आर्थिक बर्षको बजेटमा जोड दिने भएको छ । बुधबार सातौं नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख भरत शर्मा गैरेले आगामी आर्थिक बर्षमा राजगारी सिर्जना र स्वरोजगार मुलक कार्यक्रमलाई प्राथमिकतामा राखिने जानकारी गराए ।
कोरोना भाईरस संक्रमण नियन्त्रण तथा रोकथामका कार्यक्रममा केन्द्रित नीति तथा कार्यक्रममा १५ शैयाको अस्पताल बनाउने योजना उल्लेख छ । स्वरोजगारीमा युवाहरुलाई जोड्नका लागि सामूहिक सहकारीमा आधारित कृषि, व्यवसाय र सामुहिक कृषि फर्म संचानको लागि अनुदान उपलब्ध गराउने भएको छ ।
एक गाउँ एक बाली कार्यक्रम सञ्चालन, नागरपालिकाका सबै नागरिकलाई स्वास्थ्य बीमाको पहुँचमा ल्याउने नीति तथा कार्यक्रममा उल्लेख छ । ८० बर्षमाथीका नागरिकको स्वास्थ्योपचार, कोरोना नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीको सुविधा बृद्धि, २०७८ सालमा गलकोट भ्रमण वर्ष मनाउने र नगरपालिकाको शिक्षा, खानेपानी, यातायात, विद्युत लगायत विकासका पूर्वाधारलाई प्राथमिकता दिने कार्यक्रममा उल्लेख छ ।
नगरपालिकाले नगरसभाको अर्को बैठकबाट मात्रै आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->