बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पोखरा महानगरले ल्यायो ६ अर्ब १९ करोडको बजेट

पोखरा महानगरले ल्यायो ६ अर्ब १९ करोडको बजेट

कनेक्टिभिटि सडकको लागि ६५ करोड ४४ लाख


  • विजय नेपाली
  • असार १० २०७७, बुधबार

पोखरा, ११ असार – पोखरा महानगरपालिकाले आगामी वर्षको लागि ६ अर्ब १९ करोडको बजेट बजेट सार्वजानिक गरेको छ । जु्न चालु आर्थिक वर्षको भन्दा १ अर्ब कम हो । आर्थिक वर्ष २०७७–०७८ को वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गर्दै पोखरा महानगरका उपप्रमुख मञ्जुदेवि गुरुङले ६ अर्ब १९ करोड ७१ लाख ७८ हजार रुपैँयाको बजेट सार्वजानिक गरेकी हुन । जसमध्ये संघ सरकारबाट २ अर्ब ५२ करोड ६० लाख र गण्डकी प्रदेश सरकारबाट १० करोड ५९ लाख ६६ हजार । अन्तर सरकारी वित्तीय हस्तान्तरण वापत २ अर्ब ६३ करोड १९ लाख ६६ हजार र सरकारी अख्तियारबाट ८५ करोड प्राप्त हुने अनुमान गरिएको छ । राजश्व बाडफाड तर्फ संघ र प्रदेशबाट ३५ करोड १ लाख जसमा संघ सरकारबाट ३० करोड ६४ लाख र प्रदेशबाट ४ करोड ८५ ३७ लाख तथा आन्तरिक स्रोतबाट २ अर्ब ३६ करोड ४२ लाख १२ हजार रुपैँया प्राप्त हुने महानगरको अनुमान रहेको छ ।

यस्तै महानगर भित्रका ३३ वटै वडा जोड्ने गरी निमार्ण गर्न लागिएको कनेक्टििभिटि सडकको लागि ६५ करोड ४४ लाख ९२ हजार रुपैँया बजेट विनियोजन गरेको छ । महानगरका सबै वडालाई महानगरसंग जोड्ने गरी कनेक्टिभिटि सडकको योजनालाई प्राथमिकतामा उक्त रकम विनियोजन गरको हो । “महानगरका सहरी र पहाडी क्षेत्रमा सडक कनेक्टिभिटि सहज बनाउने कार्यलाई उच्च प्राथमिकतामा राख्दै चालु आवमा संचालनमा रहेका योजना सम्पन्न गर्नका लागि ५६ करोड ४४ लाख ९२ हजार रुपैँया बजेट विनियोजन गरेको छु ।” बजेट सार्वजनीक गर्दै उपप्रमुख गुरुङले भनिन् । देश संघीयतामा गएसंगै महानगरले सबै वडा जोड्ने गरी निर्माण गर्न लागिएको कनेक्टिभिटि सडकलाई प्राथमिकतामा राखेको हो । यस्ले महानगरभित्र विकासका कामलाई अघि बढाउन र आवश्यक वस्तु तथा सेवा सबल बनाउन महत्वपुर्ण भुमिका खेल्ने देखिएको छ ।

चालु खर्च तर्फ ३ अर्व २० करोड ८४ लाख र पुँजीगत खर्च तर्फ २ अर्व ९८ करोड ८८ लाख छ भने उक्त बजेट मध्ये प्रशासनिक खर्चमा १ अर्व ५८ करोड ४ लाख र कार्यक्रम खर्चतर्फ ४ अर्व ६१ करोड ६८ लाख बजेट विनियोजन गरिएको छ । जस मध्ये चालु खर्च तर्फ ५२ प्रतिशत र पुँजीगत तर्फ ४८ प्रतिशत हुन आउँछ भने प्रशासिनक तथा सञ्चालन तर्फ २६ प्रतिशत र कार्यक्रम तर्फ ७४ प्रतिशत हुन आउँछ । क्ुल विनियोजन मध्ये विभिन्न कोषहरुमा १० करोड, विभिन्न विषयगत समितिहरुको आन्तरिक पँुजीगत खर्च २ अर्ब ८० करोड २१ लाख ५८ हजार विनियोजन गरिएको छ ।

हामी बनाउछौ हाम्रो महानगर अन्र्तगत सडक निर्माण, खानेपानी लाइन विस्तार, तथा बहुउेद्दश्यीय भवन निर्माणका लागि जनसहभागीता सहित कार्यक्रम सञ्चालन गर्न २० करोड बिनियोजन गरिएको छ । कोरोना विशेष कार्यक्रम सहित स्वास्थ्य तर्फका कार्यक्रम सञ्चालन गर्न २८ करोड ८४ लाख बजेट विनियोजन गरेको छ । जसमा सशर्त कार्यक्रम १९ करोड ३३ लाख र आन्तरिक ९ करोड ५१ लाख रुपैँया रहेको छ । श्रममा आधारित कोरोना विशेष रोजगार कार्यक्रम सञ्चालन गर्न संघीय कार्यक्रमसँग साझेदारी गर्दै सञ्चालन गर्न ३ करोड ४९ लाख बजेट विनियोजन गरिएको छ । भने पर्यटन क्षेत्रका लागि २ करोड ४६ लाख बजेट विनियोजन भएको छ ।

कोभिड १९ ले उत्पन्न गरेको परिस्थितिलाई सम्बोधन गर्ने
महामारिको रुपमा फैलिई रहेको कोरोनाले पारेको प्रभावलाई महानगरले आगामी आर्थिक वर्षको बजेटमा सम्बोधन गर्ने जनाएको छ । बजेटमा नागरिकका मौलिक हक एवं जीवन रक्षाको सुनिश्चिता, संस्थागत क्षमता विकास तथा सुशासन प्रवद्र्घन गर्ने उल्लेख छ ।
महानगरपालिका, महानगरवासी, सहकारी, नागरिक समाज र निजी क्षेत्रको सहभागितामा आर्थिक तथा सामाजिक क्रियाकलापहरु सञ्चालन गरी हरित अर्थतन्त्र प्रवद्र्धन गर्ने, विकासको लागि आवश्यक स्रोत तथा साधनहरुको अधिकतम सदुपयोग गर्न विकास साझेदारहरुसँग सहकार्य गरी ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्टिय उद्देश्य अनुरुप दीगो तथा द्रुत विकास गतिविधिहरु सञ्चालन गर्ने महानगरले जनाएको छ ।

रााजश्वको दायरा वृद्धि गर्ने, कर दाताहरुलाइ सम्मान गर्ने, व्यवसायी, पेशाकर्मी, तथा नागरिकहरुलाइ कर प्रणालीमा आवद्ध हुन प्रोत्साहित गर्ने बजेटमा बताइएको छ ।

यस्तै, सम्पत्ति वहालतर्फ महानगरपालिकाले भाडामा दिइएका सटर तथा भवनहरुको २०७६ चैत देखि २०७७ जेठ मसान्त सम्म ३ महिनाको घर भाडा तथा वहाल कर छुट दिइने बताइएको छ ।

यसरी छुट दिएको वहाल रकम आगामी आर्थिक वर्ष २०७७।७८ को पहिलो चौमासिक भित्र मिलान गर्ने गरी व्यवस्था गरिने छ । अन्डरग्राउन्ड पार्किङसहित निर्माण भएका घर तथा भवनहरुको नक्सापास दस्तुरमा एक तलाको राजश्व छुटको व्यवस्था गर्ने र भूकम्प पीडित लाभग्राहीमा परेका परिवारले नक्सापास गर्दा उक्त दस्तुरमा एक हजार स्क्वायर फिटको ग्राउन्ड लेभलसम्म नक्सापास दस्तुरमा सतप्रतिशत छुटको व्यवस्था गरिने बताइएको छ ।

पुराना घर संरक्षण गर्ने

बजेटले पोखरा महानगरपालिका क्षेत्र भित्र पुरातात्विक महत्वका पुराना घरहरु संरक्षण गर्ने छ । भत्केको स्थानमा साविककै शैली झल्कने गरी भवन निर्माण गरेमा ५० प्रतिशत छुट दिइने व्यवस्था महानगरले बजेटमा गरेको छ ।

अपांगता भएकाहरु, पिछडिएका वर्ग तथा महिलाले व्यवसाय दर्ता गर्दा ३० प्रतिशत छुट, कृषि सम्बन्धी व्यवसायको लागि ३० प्रतिशत छुट, सम्पत्ति, भूमिकर (मालपोत) कर पुस मसान्तसम्म भुक्तानी गरेमा १० प्रतिशत छुट र कम्तिमा ३ रोपनी भन्दा बढी जग्गा कृषि प्रयोजनमा रहेको छ भने ३० प्रतिशत भूमिकरमा छुटको व्यवस्था बजेटमा गरिएको छ ।
संघीय सरकार बाट प्राप्त अख्तियारी समेत कुल प्रस्तावित बजेट ६ अर्व १९ करोड ७१ लाख ७८ हजार मध्ये चालु खर्च तर्फ ३ अर्व २० करोड ८४ लाख र पुँजीगत खर्च तर्फ २ अर्व ९८ करोड ८८ लाख छ भने उक्त बजेट मध्ये प्रशासनिक खर्चमा १ अर्व ५८ करोड ४ लाख र कार्यक्रम खर्चतर्फ ४ अर्व ६१ करोड ६८ लाख बजेट विनियोजन बजेटमा गरिएको छ ।

जसमध्ये चालु खर्च तर्फ ५२ प्रतिशत र पुँजीगत तर्फ ४८ प्रतिशत हुन आउँछ भने प्रशासिनक तथा सञ्चालन तर्फ २६ प्रतिशत र कार्यक्रम तर्फ ७४ प्रतिशत हुन आउँछ । क्ुल विनियोजन मध्ये विभिन्न कोषहरुमा १० करोड, विभिन्न विषयगत समितिहरुको आन्तरिक पँुजीगत खर्च २ अर्ब ८० करोड २१ लाख ५८ हजार विनियोजन बजेटले गरेको छ ।
सहरी र पहाडी क्षेत्रमा सडक कनेक्टिभिटी सहज बनाउने कार्यलाई उच्च प्राथमिकतामा राख्दै चालु आवमा संचालनमा रहेका योजना सम्पन्न गर्नका लागि ६५ करोड ४४ लाख ९२ हजार रुपैंयाँ बजेट विनियोजन बजेटले गरेको छ ।

कर्मचारीको भत्ता काटियो
महानगरले यस वर्षदेखि कर्मचारीहरुलाई प्रदान गर्दै आईरहेको स्थानिय भत्ता ,अतिरिक्त कार्य समय भत्ता,मूल्यांकन भत्ता लगायतका सबै प्रकारका अतिरिक्त भत्ताहरुलाइ यस आर्थिक वर्षदेखि कटौती गर्ने बताएको छ । भौतिक संरचनाहरुको विकास, दक्ष जनशक्ति व्यवस्थापन, प्रयोगशाला तथा उपकरणहरुको व्यवस्था गर्न विशेष अनुदान बाट ४ करोड बजेट विनियोजन बजेटमा गरिएको छ ।
स्वास्थ्य तर्फका कार्यक्रम सञ्चालन गर्न सशर्त कार्यक्रम १९ करोड ३३ लाख र आन्तरिक ९ करोड ५१ लाख गरी कोरोना विशेष कार्यक्रमका समेत सञ्चालनका लागि २८ करोड ८४ लाख बजेटले व्यवस्था मिलाएको छ । श्रममा आधारित कोरोना विशेष रोजगार कार्यक्रम सञ्चालन गर्न संघीय कार्यक्रमसँग साझेदारी गरी कार्यक्रम सञ्चालन गर्न ३ करोड ४९ लाख बजेटमा व्यवस्था मिलाइएको छ ।

यस्तै, शिक्षातर्फ अनुसन्धान र खोजमूलक शिक्षामा जोड दिँदैं चालू आवमा साझेदारी गरिएका विद्यालयको नतिजाका आधारमा साझेदारी कायम गर्ने नीति लिइएको छ । नतिजाको आधारमा एक प्रादेशिक निर्वाचन क्षेत्र एक उत्कृष्ट विद्यालय छनौट गरी पुरस्कृत गरिनेछ ।
बजेटले विद्यार्थीलाई घरबाटै शिक्षा लिन व्यवस्थाको लागि आवश्यक समन्वय गर्न गरि बजेटको ब्यवस्था समेत गरेको छ । शिक्षातर्फ संघीय अनुदानबाट १ अर्ब २४ करोड ५६ लाख र आन्तरिक स्रोतबाट ५ करोड ७ लाख गरी १ अर्ब २९ करोड ६३ लाख बजेट महानगरले छुट्याएको छ ।

घरभाडा र वहाल करमा छुट
कोभिड १९ को महामारीका कारणले २०७६ चैत ११ देखि २०७७ जेष्ठ मसान्तसम्म भएको बन्दाबन्दीको कारणले नगरको आर्थिक तथा व्यावसायिक कारोवारमा नकारात्मक प्रभाव पारेको भन्दै महानगरले घरभाडा तथा वहाल करमा छुट गरेको छ ।

सम्पत्ति वहालतर्फ महानगरपालिकाले भाडामा दिइएका सटर तथा भवनहरुको २०७६ चैत देखि २०७७ जेठ मसान्त सम्म ३ महिनाको घर भाडा तथा वहाल कर छुट दिइने छ । यसरी छुट दिएको वहाल रकम आगामी आर्थिक वर्ष २०७७।७८ को पहिलो चौमासिक भित्र मिलान गर्ने गरी व्यवस्था महानगरले मिलाएको छ । त्यस्तै महानगरपालिका स्थापना दिवसको अवसरमा क्षेत्रगत रुपमा उत्कृष्ट करदाता छनोट गरी महानगर उत्कृष्ट करदाताबाट सम्मान समेत गर्ने भएको छ ।

मेयर प्रविधि मैत्री कृषि कार्यक्रमलाई निरन्तरता
मेयर प्रविधि मैत्री कृषि कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिने गरी बजेट व्यवस्था गर्लै कृषि क्षेत्रको लागि ३ करोड ८९ लाख रकम विनियोजन गरिएको छ । संस्थागत विकास, कृषक क्षमता अभिवृद्धि, प्रविधीको सदुपयोग, भूमिको व्यवस्थापन, भूमि बैकको स्थापना लगायतका कार्यक्रम सञ्चालन गर्न संघीय अनुदानबाट १ करोड ३३ लाख र आन्तरिक स्रोतबाट १ करोड ४६ लाख गरी ३ करोड ८९ लाख बजेट विनियोजन गरिएको हो । बाँझो बारीमा प्रोटिनयुक्त घाँस भन्ने कार्यक्रमलाई आगामी आर्थिक वर्षमा निरन्तरता दिदैँ शुद्ध नश्ल बोयर बोका र बंगुरका पाठापाठी तथा नेपियर घाँस किसानहरुलाई निशुल्क वितरण गर्न राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरासँग समन्वय गर्नै भएको छ ।

पशु सेवा केन्द्र मार्फत् पशुहरुको निशुल्क औषधी वितरण कार्यलाई निरन्तरता दिन बजेटको व्यवस्था गरिएको छ । छाडा चौपाया नियन्त्रण गर्न निश्चित रकम तिरेपछि महानगरपालिकाले व्यवस्थापन गर्ने गरी आवश्यक व्यवस्था महानगरले मिलाएको छ । अनुत्पादक र बाँझोपन भएका पशुहरुको उपचारको लागि विज्ञको सहयोगमा घरगोठमा उपचार कार्यक्रम सञ्चालन गरिने भएको छ भने पशुतर्फका कार्यक्रम सञ्चालनका लागि १ करोड ४६ लाख बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->