बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

म्याग्दीका स्थानीय तहको बजेट २ अर्ब ६४ करोड

म्याग्दीका स्थानीय तहको बजेट २ अर्ब ६४ करोड


  • ध्रुवसागर शर्मा
  • असार ११ २०७७, बिहिबार

म्याग्दी, ११ असार– एक नगरपालिकासहित ६ वटा स्थानीय तहमा समेटिएको हिमाली जिल्ला म्याग्दीमा आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि सबै स्थानीय तहहरुले २ अर्ब ६४ करोडको बजेट सार्वजनिक गरेका छन् ।
म्याग्दीका स्थानीय तहहरुले रोजगारमूलक र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेका छन् । झण्डै साढे ३९ करोड बजेट सार्वजनिक गरेको मंगला गाउँपालिकाले कृषि, पर्यटन, पशुपालन र फलफुल लगायतका क्षेत्रलाई जोड दिएको छ । रोजगार केन्द्रित कार्यक्रमलाई मात्रै मंगला गाउँपालिकाले कुल बजेटको ३८ प्रतिशत रकम विनियोजन गरेको अध्यक्ष सत प्रसाद रोकाले जानकारी दिए ।
यस्तै, आर्थिक विकासमा केन्द्रित भई मालिका गाउँपालिकाले ४१ करोड ५४ लाखको बजेट ल्याएको छ । कुल बजेटको करिब ३० प्रतिशत रकम कोरोना नियन्त्रण र रोजगारमूलक कार्यक्रमलाई बजेट विनियोजन गरेको मालिकाले पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, पर्यटन क्षेत्रलाई प्राथमिकता दिएको उपाध्यक्ष खरमाया विटालुले बताइन् ।
बाँझो जमिन राख्न नपाइने नीति ल्याएको पश्चिम म्याग्दीमा रहेको धौलागिरि गाउँपालिकाले ४२ करोडको बजेट सार्वजनिक गरेको छ । जमिनको सदुपयोग गर्नेलाई प्रोत्साहतसहित माटो सुहाउँदो खेतीलाई प्राथमिकता दिईने अध्यक्ष थमसरा पुनले बताइन् ।
यस्तै, रघुगंगा गाउँपालिकाले ३९ करोड ७४ लाख, अन्नपूर्ण गाउँपालिकाले झण्डै ४१ करोड र बेनी नगरपालिकाले ५८ करोडको बजेट सार्वजनिक गरेका छन् ।
उत्पादनमुखी बजेटलाई आधार बनाएर किसानलाई धनी बनाउने, पर्यटनमा कोरोनाले परेको असरलाई ध्यान दिई बजेट ल्याएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डम बहादुर पुनले बताए ।
यसअघि, म्याग्दीका ६ वटै स्थानीयतहहरुलाई संघीय सरकारले समानीकरण, सशर्त, विशेष र समपुरक अनुदान गरी १ अर्ब ७७ करोड ३९ लाख रुपैयाँ बजेट विनीयोजन गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->