सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पर्वत दुर्लुङका पहिरो पीडितलाई व्यवसायीको सहयोग

पर्वत दुर्लुङका पहिरो पीडितलाई व्यवसायीको सहयोग


  • ढोरपाटन संवाददाता
  • असार ११ २०७७, बिहिबार

बागलुङ, ११ असार– पोखरा दोहोरी साँझ व्यवसायी संघका अध्यक्ष जीवन गुरुङले पर्वत दुर्लुङका पहिरो पीडितलाई आर्थिक सहयोग गरेका छन् । पोखरालगायत स्वदेश तथा विदेशमा रहेका नेपालीसंग आर्थिक संकलन गरेर उनले बुधबार दुर्लुङमै पुगेर पीडित परिवारलाई २ लाख ८६ हजार ५ सय ५२ रुपैयाँ हस्तान्तरण गरेका थिए । गुरुङ दुर्लुङ निवासी हुन् ।
पहिरो पीडित मृतक तुलबहादुर थापाका माइला दाई पदमबहादुर थापालाई १ लाख ८ हजार २ सय ९६, मृतक कमला विककी सासुआमा साबित्रा विकलाई १ लाख ८ हजार ९६ र पहिरोबाट उद्दार गरिएका भुवन गिरीलाई ७० हजार रुपैयाँ हस्तान्तरण गरेको गुरुङले बताए । कुश्मा नगरपालिका ३ दुर्लुङका वडाध्यक्ष तेजप्रसाद उपाध्यायसँग समन्वय गरी सहयोग गरिएको उनले जानकारी दिए ।
गुरुङलाई रकम संकलनमा अष्ट्र्ेलियाबाट झलक गुरुङ, पर्वत मोदी गाउँपालिका–५ बाजुङ पोखरे निवासी हिमाल केसीले साथ दिएका थिए । झलक गुरुङको संयोजनमा १ लाख २४ हजार ३ सय ४२ रुपैयाँ र हिमाल केसीको संयोजनमा ५५ हजार १ सय ५४ रुपैयाँ प्राप्त भएको जीवन गुरुङले बताए । उनका अनुसार, आर्थिक संकलन अभियानमा अष्टे«लियास्थित रहेको सामाजिक संस्था नाइफाले समेत साथ दिएको छ ।
दुर्लुङ ढकालबारीमा जेठ ३१ गते शनिबार राती पहिरो जाँदा दुई परिवारका ९ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->