सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

कर्जाको व्याज मिनाहा गर्न नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघको माग

कर्जाको व्याज मिनाहा गर्न नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघको माग


  • ढोरपाटन संवाददाता
  • असार ११ २०७७, बिहिबार

बागलुङ, ११ असार – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ बागलुङले सवारी साधन खरिदका लागि बैङ्क तथा बित्तिय संस्थावाट लिइएको कर्जाको व्याज मिनाहा गर्न माग गरेको छ ।
लामो समयको लकडाउनका कारण सार्वजनिक यात्रु बहाक सवारी साधनहरु चल्न नसकेको यथार्थलाई मध्यनजर गरि लकडाउन अवधिको व्याज मिनाह गर्ने बातावरण मिलाई दिन सरकारसंग माग गरेको हो ।
नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघ बागलुङका संयोजक शशिकपुर श्रेष्ठको अध्यक्षतामा बसेको महासंघ सम्वद्ध धौलागिरि कालिका यातायात, धौलागिरि गण्डकी यातायात, धौलागिरि ट्याक्सी व्यवसायी प्रा.लि. र बागलुङ भगवती यातायात सेवा कम्पनीका प्रतिनिधीहरुको बैठकले व्याज मिनाहाका लागि सम्बन्धित मन्त्रालयबाट निर्देशन दिन माग गरेको हो ।
लकडाउनका कारण सवारी साधन संचालन हुन नसक्दा सवारी धनिहरु मर्कामा परेको र साधनहरुका बिभिन्न सामाग्री पनि काम नलाग्ने अवस्थामा पुगेकाले यातायात पूर्ण रुपमा संचालन भएको कम्तीमा ३ महिनासम्मको लागि छुट्टै राहत अनुदानको व्यवस्था गर्न महासंघले अनुरोध पनि गरेको छ ।
सार्वजनिक सवारीमा लगानी भएको कर्जामा न्युनतम २ लाख रुपैया पुर्नकर्जाको व्यवस्थाका लागि अनुरोध गर्दै महासंघले यो अवस्थामा बैङ्क तथा बित्तिय संस्थाहरुवाट कर्जा एवँ व्याज भुक्तानीको लागि पटक पटक मानसिक दवाव आउन थालेकाले किस्ता स्थागन गरि कोरोनाको प्रभाव समाप्त भै पूर्ण रुपमा संचालन भएको ३ महिना पछि फुकुवा गर्दै किस्ता शुरुगर्ने व्यवस्थाका लागि समेत अनुरोध गरिएको संयोजक श्रेष्ठले बताए ।
सार्वजनिक यातायातका सवारी साधन तीन महिनादेखि ग्यारेज एवं खुला स्थानमा राखिँदा पार्टपुर्जा बिग्रन थालेको गुनासो गर्दै धौलागिरि गण्डकी यातायात सेवा प्रालिका अध्यक्ष उमेश केसीले सवारी साधनको टायर लगायत पार्टपुर्जा फेर्नुपर्ने अवस्थामा पुगेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->