बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

घरभाडा छुट र सहुलियत दिन पोखरा उद्योग वाणिज्य संघको आग्रह

घरभाडा छुट र सहुलियत दिन पोखरा उद्योग वाणिज्य संघको आग्रह


  • Dhorpatan News
  • असार ११ २०७७, बिहिबार

पोखरा, ११ असार – पोखरा उद्योग वाणिज्य संघले घरभाडामा छुट दिन घरधनीहरुसँग आग्रह गरेको छ । संघले शुक्रबार विज्ञप्ति जारी गर्दै ४ महिनादेखि व्यवसाय बन्द रहेको र घरभाडा भुक्तानी नगरेकै कारण व्यवसायीहरु पलायन हुनुपर्ने अवस्था सृजना भएको भन्दै भाडा छुटको आग्रह गरेको हो ।

संघका महासचिव अर्जुन पोखरेलद्धारा जारी विज्ञप्तिमा सहज परिस्थिति हुँदा नियमित भाडा तिरेको स्मरण गर्दै असहज परिस्थितिमा व्यवसायीलाई जोगाउनु घरधनीको पनि कर्तव्य भएको उल्लेख गरिएको छ ।

‘घरभाडा चुक्ता नगरेकै कारण व्यवसायी नै पलायन हुनुपर्ने अवस्था सृजना हुनु घरधनीको लागि पनि राम्रो हैन । घर खालि गराउँदैमा समस्याको समाधान हुने पनि हैन’, महासचिव पोखरेलद्धारा जारी विज्ञप्तिमा भनिएको छ,‘ अत ःसम्भव भएसम्म निश्चित अवधिको भाडा मिनाहा एवं अनुकुल समयमा भुक्तानी गर्ने सहमति कायम गर्दै व्यवसाय टिकाउनेतर्फ घरधनीबाट विशेष योगदान होस् भन्ने संघको आग्रह रहेको छ ।’

संघले घरभाडा छुट दिने घरधनीलाई कर छुटको व्यवस्था गर्न सरोकारवालाहरुसँग आग्रह पनि गरेको छ ।
यसका साथै संघले संकटको यो घडीमा आर्थिक र मानशिक समस्यामा परेका आफ्ना ग्राहकहरुका लागि कर्जाको किस्ता र ब्याज भुक्तानीको लागि समयसीमा बढाउन एवं ब्याज दर घटाउन सम्पूर्ण बैंक था वित्तीय संस्थाहरुलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->