कोभिड–१९ को महामारीले आज विश्व आक्रान्त र भयवित अवस्थामा छ । विश्वका प्राय ः सबै क्षेत्र कोभिड–१९ को संक्रमणले ग्रसित भई आजसम्म करिब ९५ लाख ७० हजारभन्दा बढी मानिस संक्रमित भएका छन्भने तीमध्ये करिब ५२ लाख ७ हजारभन्दा बढी व्यक्ति संक्रमण मुक्त भई घर फर्किसकेका छन् । करिब ४ लाख ८६ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । नेपालमा पनि दिनानुदिन कोभिड–१९ बाट संक्रमित हुनेको संख्या बढिरहेको छ । हालसम्म ११ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । करिब २६ सय ५० जनाभन्दा बढी व्यक्ति संक्रमणमुक्त भई घर फर्किसकेका छन्भने २६ जनाले ज्यान गुमाइसकेका छन् । यो संख्या आउने दिनमा अझ बढ्ने देखिन्छ । संक्रमण उच्चतम बिन्दुतिर बढिरहेको छ । विश्वभर संक्रमितमध्ये ९८ प्रतिशत सामान्य अवस्थामा छन्भने २ प्रतिशत जटिल अवस्थामा छन् । कोभिड–१९ को संक्रमणको सम्भावित महामारी फैलनबाट रोक्ने उद्देश्यले ११ चैत्र २०७६ देखि देशब्यापी रूपमा बन्दाबन्दीको अवस्था छ, जसले गर्दा जनताको दैनिक जीवन कष्टमय हुनुका साथै ताजा तथा पोषिलो खानेकुराको अभाव भइरहेको छ ।
कोभिड–१९ ले आज विश्व भूमण्डल, हावापानी र वातावरणको समय चक्रबाहेकको गतिलाई अवरोध गरेर संसारका सबै व्यक्तिको मानसिकतामा भय, त्रास र डरका साथै निराशा, दिक्दारीपनजस्ता मानसिक समस्या बढाएको अवस्था छ । किनकी आजसम्म कोभिड–१९ को उपचारको कुनै उपयुक्त औषधि र खोप उपलब्ध भएको अवस्था छैन । यस्तो त्रासदी र कोभिड–१९ को उचित उपचार नभएको अवस्थामा होमियोप्याथिक उपचार पद्धति एक जीवन बुटीका रूपमा लिन सकिन्छ । यसले व्यक्तिको रोगसँग लड्ने जीवनशक्तिलाई मजबुद बनाई कुनैपनि संक्रमण हुनबाट बचाउँछ । साथै, कोभिड–१९ बाट बच्ने र बचाउने सबैभन्दा राम्रो उपाय भनेकै सरकारले जारी गरेको बन्दाबन्दीलाई संयमित र अनुशासित भएर पालना गर्नु तथा सजकता अपनाउनु हो ।
होमियोप्याथीको विकासक्रम ः सन् १७९६ मा जर्मनीका फिजिसियन डा. सामुयल हानिमानले होमियोप्याथिक उपचार पद्धतिको प्रतिपादन गरेका थिए । डा. हानिमान प्रख्यात एलोप्याथिक चिकित्सक हुनुको साथै धेरै भाषाका ज्ञाता पनि थिए । आफ्नो सन्तानमा भएको रोगको उपचार आफूले विज्ञत्व पाएको चिकित्साबाट निको पार्न नसकेपछि आफ्नो चिकित्सा पेसा छोडी औषधि विज्ञानका पुस्तकहरू विभिन्न भाषामा लेख्ने काम गर्न थाल्यो । क्युलेनको माटेरिया मेडिका नामक पुस्तक अंग्रेजीबाट जर्मन भाषामा उल्था गर्ने क्रममा ‘चिराइतोले औलो ज्वरो निको हुन्छ किनकी यो तीतो हुन्छ’ । यो वाक्यांशले डा. हानिमानलाई अचम्म लाग्यो र चित्त पनि बुझेन किनभने अरु तीतो वस्तुले किन औलो ज्वरो निको पार्दैन । यस वाक्यांशमाथि डा. हानिमेन स्वयंले चिराइतो केही मात्र सेवन गरे र उनमा औलो ज्वरोको जस्तै लक्षण देखापर्न थाल्यो । जतिपटक चिराइतोको मात्रा सेवन गर्दै गयो उति उति औलो ज्वरोका लक्षण देखा पर्दै आयो ।
अन्तमा डा. हानिमेनले चिराइतोले औलो ज्वरो तीतो भएकोले निको पारेको होइन, यसले औलो ज्वरोको जस्तै लक्षण निकाल्ने वा गराउन सक्ने गुण भएको हुनाले औलो ज्वरो निको पारेको हो भनी निष्कर्ष निकाले । चिराइतोजस्तै अरू थुपै्र औषधि आफू, आफ्नो परिवार र साथीमा प्रयोग गरी हेर्यो र ती औषधिले देखाएका लक्षण एकत्रित गरी एउटा किताबको रूप दिए, जसलाई माटेरिया मेडिका पूरा भनिन्छ । यसरी उनले सन् १७९० देखि १७९६ सम्म परीक्षण गरेको अनुभव र परिणामस्वरूप सन् १७९६ मा ‘अन अ न्यु प्रिन्सिपल अफअसर्टेनिङ द क्युरेटिभ प्रोपर्टिज अफ ड्रग्स’ नामको लेख ह्युफेलान्डस जर्नलमा प्रकाशित गरेपछि होमियोप्याथीको जन्म भएको थियो । डा. हानिमानले आफ्नो जीवनकालमा करिब १ सयवटा औषधिको प्रयोग र परीक्षण गरेको थिए । विश्व स्वास्थ्य संगठनअनुसार दोस्रो उपचार पद्धतिका रूपमा होमियोप्याथीलाई अँगालेको छ भने विश्वका प्राय ः सबै देशमा यस होमियोप्याथिक उपचार पद्धतिलाई अँगालिरहेका छन् । होमियोप्याथी यसरी जर्मनीमा जन्मेको भए तापनि सबभन्दा बढी होमियोप्याथी चिकित्सक र होमियोप्याथिक कलेज बढी भएको देश भारत हो ।
होमियोप्याथी र महामारी
रोगको लक्षणहरूको प्रकृति र रोगीको स्वभावअनुसार उस्तै गुण भएको ज्यादै थोरै मात्राको एउटा मात्र औषधिको सेवन गराई पूर्णतया बिरामीको उपचार गर्ने पद्धतिलाई होमियोप्याथी भनिन्छ । होमियोप्याथी शब्द दुईवटा ग्रिक शब्द होमियोस् र प्याथी मिलेर बनेको हो । होमियोस्को अर्थ समान वा उस्तै र प्याथीको अर्थ रोग वा समस्या भन्ने बुझिन्छ । होमियोप्याथीको शाब्दिक अर्थ हो, ‘रोगको लक्षणसँग मिल्ने उस्तै गुण भएको औषधि सेवन गराएर बिरामीमा भएको रोग निको पार्नु हो ।’ होमिायोप्याथिक उपचार पद्धति एक प्राकृतिक नियमअनुसार उपचार गर्ने पद्धति हो ।
होमियोप्याथिक उपचार पद्धतिलाई प्राकृतिक भन्नुको तात्पर्य यो हो कि यस उपचार पद्धतिअनुसार रोगी व्यक्तिको उपचार गर्दा रोगको लक्षणहरूको स्वभाव वा प्रकृति र रोगी व्यक्तिको स्वभावअनुसार उस्तै लक्षण उत्पन्न गराउन सक्ने औषधि दिएर उपचार गर्नेे गरिन्छ । यसरी उपचार गर्ने पद्धति समानताको सिद्धान्तमा आधारित उपचार हो । यस्तो समानताको सिद्धान्त हाम्रो पूर्वीय दर्शनशास्त्रहरूमा यसरी वर्णन गरिएको पाइन्छ । जस्तै : सम: सम शमयति, विषश्य विषर्मोधम्, कण्टके नैव कण्टकम् आदि आदि । त्यस्तै, श्रीमद् भगवत्मा यदिकुनै व्यक्ति केही वस्तुको सेवनबाट बिरामी भएमा, उसलाई सोही वस्तुको सूक्ष्म मात्रा सेवन गराई निको पार्न सकिन्छ ।
कोरोना भाइरस महामारी र होमियोप्याथी
विश्वमा विभिन्न कालखण्डमा भएको महामारी भएको अवस्थामा धेरैभन्दा धेरै व्यक्तिको ज्यान गएको कुरा इतिहासमा पढ्न पाइन्छ । ती महामारीमा अरू उपचार पद्धतिभन्दा होमियोप्याथिक उपचार गरेका व्यक्तिहरू कम मात्रामा मात्र ज्यान गुमाएको विभिन्न अध्ययनले देखाएका छन् ।
सन् १९१८ मा भएको स्पानिस फ्लुले १० करोडभन्दा बढी मानिसहरूले ज्यान गएको थियो । उक्त महामारीमा अरू उपचारबाट ३० प्रतिशत मानिस मरेका थिएभने होमियाप्याथिक उपचार गरेकामध्ये जम्मा १ प्रतिशत मात्र मरेका थिए ।
यसबाट महामारी एवं अन्य अवस्थामा होमियोप्याथिक उपचार गर्दा धेरैभन्दा धेरै व्यक्तिको ज्यान बचाउन सकिनुका साथै अति प्रभावकारी उपचार पद्धति सिद्ध भएको देखिन्छ । आजको समयमा विश्वव्यापी महामारीको ताण्डव मचाइरहेका कोभिड–१९ का लागि हालसम्म कुनै औषधि र खोप उपलब्ध नभएको अवस्थामा होमियोप्याथिक उपचार एक प्रभावकारी उपचार हुन सक्ने कुरामा दुईमत छैन । तर, पनि होमियोप्याथिक उपचारलाई प्रोत्साहन दिएको पाइँदैन र होमियोप्याथीलाई ओझेलमा पारेको छ । बेलायतका राजकुमार चाल्र्सलाई कोभिड–१९ बाट संक्रमित भई अस्पतालमा भर्ना गरिएको थियो र होमियोप्याथिक उपचारबाट ६ दिनमा निको भएर घर फर्केको खबर विभिन्न सञ्चारमाध्यममा आएका छन् ।
हाम्रो देश पनि कोभिड–१९ को अति जोखिम देशमा पर्दछ । यो कोभिड–१९ अवस्था स्वास्थ्य प्रणाली राम्रो र उत्कृष्ट भएका देश पनि महामारी रूप लिइरहेका छन् भने धेरै व्यक्तिले ज्यान गुमाइरहेका छन् । अझ हाम्रो देशको उपचार पद्धति तथा स्वास्थ्य प्रणाली उति सम्पन्न अवस्थामा छैन र आवश्यक स्वास्थ्य सामग्री पनि पर्याप्त मात्रामा नभएको अवस्थामा होमियोप्याथी उपचारलाई रोकथाममूलक र उपचारात्मक रूपमा प्रयोगमा ल्याउन सकिए कोभिड–१९ को संक्रमण फैलनबाट बचाउन सकिन्छ र समग्र राष्ट्रलाई नै कोरोना भाइरसबाट सुरक्षित बनाउन सकिन्छ । साथै, कोरोना भाइरसबाट संक्रमित भएका व्यक्तिलाई चाँडै निको पार्न सकिन्छ । किनकी, होमियोप्याथिक उपचार पद्धतिले व्यक्तिको रोगसँग लड्ने जीवनशक्तिलाई बलियो बनाई रोगलाई होइन, रोगीलाई नै पूर्णतया ठीक पार्ने गर्दछ ।
कोभिड–१९ को रोकथाम र उपचारमा होमियोप्याथी
विश्वका विभिन्न देश चीन, भारत, इटाली, स्पेनलगायत अन्य देशमा होमियोप्याथिक औषधि कोभिड–१९ को उपचार एवं रोकथामका लागि प्रयोग गरेका विभिन्न अध्ययन सञ्चारमाध्यममा आएका छन् । भारतमा आयुष मन्त्रालयले होमियोप्याथिक औषधि प्रयोग गर्न अनुमति दिइएको अवस्था छ । भारतका विभिन्न प्रान्तमा कोभिड–१९मुक्त गराउन होमियोप्याथीको अहं भूमिका रेहेको छ, जस्तै ः गोवा । त्यस्तै, कोभिड–१९ बाट संक्रमित भएकाहरूलाई होमियोप्याथिक औषधि सेवन गराउँदा चाँडै निको भएको पाइएको छ ।
हाम्रो देशमा कोभिड–१९ को संक्रमित व्यक्ति बढिरहेको अवस्थामा समुदायमा संक्रमण फैलनबाट बचाउन अग्रपंक्तिमा रहेर काम गर्ने व्यक्तिहरू चिकित्सक एवं स्वास्थ्यकर्मी, प्रहरी, सैनिक, पत्रकार, सरसफाइका मजदुर, एम्बुलेन्सका चालक एवं सहयोगी, स्वयंसेवक, जनप्रतिनिधिहरूमा यो औषधिको प्रयोग गर्न सकिन्छ । त्यसैगरी, क्वारेइन्टानमा बसेका व्यक्ति र आइसोलसनमा बसेका व्यक्तिहरू, संक्रमण भएर अस्पतालमा भर्ना भएका व्यक्ति र उनीहरूका परिवारका सदस्य, संक्रमित व्यक्तिसँग सम्पर्कमा आएका व्यक्ति तथा अत्यावश्यक कामका लागि जनसम्पर्क बढी हुने ठाउँका कर्माचारीलाई होमियोप्याथिक औषधि प्रयोग गर्न सकिने देखिन्छ ।
अन्तमा, कोरोना भाईरस (कोभिड–१९) सुनेको जस्तै डराउनै पर्ने र भेट्यो कि मरिहाल्ने भन्ने हुँदैन विश्वब्यापी मृत्युदर हेर्ने हो भने प्रतिदिन कोभिड–१९ ले मर्नेभन्दा अन्या रोगले मर्नेको संख्या धेरै छ । यो कोरोना भाइरस सामान्य रूघाखोकी जस्तै हो त्यसैले आफ्नो सुरक्षा गर्दै त्रसित नभै बस्नुहोला ।
नोट : होमियोप्याथिक औषधी (आर्सेनिकम अल्बुम ३० सि) कोरोना भाईरस (कोभिड–१९) को प्रमाणित र आधिकारिक औषधी होईनतर यसले कोरोना भाइरससंग लड्न सक्ने प्रतिरक्षा प्रणालीको बिकास गर्छ र रोग प्रतिरोधात्मक क्षमता बढाउने यो औषधिलाई स्वास्थ्य मन्त्रालयले प्रोटोकलमा राखेको हुँदा एकपटक सबैले प्रयोग गर्न आग्रह गर्दछु ।





