सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

सहकारीका प्रबन्धकहरु संगठित, क्बलको अध्यक्षमा राजभण्डारी

सहकारीका प्रबन्धकहरु संगठित, क्बलको अध्यक्षमा राजभण्डारी


  • ढोरपाटन संवाददाता
  • असार १२ २०७७, शुक्रबार

बागलुङ, १२ असार– बागलुङमा रहेका बिभिन्न सहकारी संस्थामा कार्यरत प्रवन्धकहरुको भेलाले बागलुङ सहकारी म्यानेजर क्लव गठन गरेको छ । शुक्रबार सम्पन्न प्रवन्धकहरुको भेलाले एकता सहकारी संस्थाका अध्यक्ष दिपक राजभण्डारीको अध्यक्षतामा ७ सदस्यीय बागलुङ सहकारी म्यानेजर क्लवको तदर्थ समिति गठन गरेको हो ।
क्लवको उपाध्यक्षमा आदर्श संचार सहकारी संस्थाका प्रवन्धक दिपक सापकोटा, सचिवमा यातायात सहकारी संस्थाका ताराप्रसाद शर्मा र कोषाध्यक्षमा प्रगती बहुउद्देश्यीय सहकारी संस्थाका मुना शर्मा, सदस्यहरुमा कार्यक्षेत्रमा महिला बचत तथा ऋण सहकारी संस्थाका जमुना पूर्जा, स्वाभिमान सहकारी संस्थाका दुर्गाबहादुर केसी र सहज बचत तथा ऋण सहकारीका टिकाराम सापकोटा रहेका छन् ।
क्लबको सल्लाहकारहरुमा राष्ट्रिय सहकारी बैङ्क शाखा कार्यालय बागलुङका प्रवन्धक युवराज त्रिपाठी, कालिका सहकारीका टंकप्रसाद पन्त, सिवाइसी बचत तथा ऋण सहकारीका कवि न्यौपाने र अभियान सहकारीका महादेव सापकोटालाई चयन गरिएको छ ।
सहकारीहरुको संस्थागत बिकास, सहकारी अभियानका नेतृत्वहरुलाई सहयोग गर्ने र सहकारीका प्रवन्धकहरुको नेतृत्व तथा क्षमता बिकास गर्ने उद्देश्यले क्लव गठन गरिएको संयोजनकर्ता राष्ट्रिय सहकारी बैङ्क शाखा कार्यालय बागलुङका प्रवन्धक युवराज त्रिपाठीले बताए ।
तदर्थ समितिका अध्यक्ष दिपक राजभण्डारीले सहकारीहरु बीचको आपसी सद्भाव, सहयोग र सकार्यका लागि बागलुङमा पनि सहकारीहरुका प्रवन्धकहरु एक भएर लाग्नुपर्ने बेला आएको बताए ।
राष्ट्रिय सहकारी बैङ्क शाखा कार्यालय बागलुङका प्रवन्धक युवराज त्रिपाठीको अध्यक्षता र बैङका शुसिल भट्टराईको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->