शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकीमा शनिवार बिहान थप ३२ जनामा कोरोना पुष्टि, कुल सङ्ख्या ८३८

गण्डकीमा शनिवार बिहान थप ३२ जनामा कोरोना पुष्टि, कुल सङ्ख्या ८३८

बागलुङको ढोरपाटन नगरपालिकाका १ जना पुरुष तथा काठेखोला गाउँपालिकाका ७ जना पुरुष गरी ८ जनामा सङ्क्रमण रहेको पुष्टि भएको छ ।


  • ढोरपाटन संबाददाता
  • असार १३ २०७७, शनिबार

पर्वत, १३ असार- शनिवार बिहान थप ३२ जनामा कोरोना सङ्क्रमण रहेको पुष्टि भएपछि गण्डकी प्रदेशमा सङ्क्रमितहरूको कुल सङ्ख्या ८३८ पुगेको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता तथा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. बिनोदबिन्दु शर्माका अनुसार शनिवार बिहान बागलुङ, स्याङ्जा र नवलपरासीमा सङ्क्रमणको थप पुष्टि भएको हो ।
प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा बागलुङको ढोरपाटन नगरपालिकाका १ जना पुरुष तथा काठेखोला गाउँपालिकाका ७ जना पुरुष गरी ८ जनामा सङ्क्रमण रहेको पुष्टि भएको छ । यस्तै, स्याङ्जाको पुतलीबजार नगरपालिकाका १ जना पुरुष, बिरुवा गाउँपालिकाका १ जना पुरुष, अर्जुनचौपारी गाउँपालिकाका १३ जना पुरुष र ६ जना महिला तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणबाट वालिङ नगरपालिकाका १ जना पुरुषमा कोरोना भाइरस रहेको पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा गरिएको परीक्षणमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को हुप्सेकोट गाउँपालिकाका २ जना पुरुषमा सङ्क्रमण रहेको पुष्टि भएको हो ।
डा. शर्माका अनुसार हुप्सेकोट गाउँपालिका र वालिङ नगरपालिकाका सङ्क्रमितहरूलाई क्वारेनटाइनबाट आइसोलेसनमा सारिसकिएको छ भने बाँकी स्थानीय तहका सङ्क्रमितहरूलाई सोही जिल्लमा आइसोलेसनमा सार्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->