सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बरेङ गाउँपालिकामा युवालाई रोजगारी

बरेङ गाउँपालिकामा युवालाई रोजगारी


  • ढोरपाटन संवाददाता
  • असार १३ २०७७, शनिबार

बागलुङ, १३ असार– लकडाउन सुरु भएपछि काम बन्द भएर घरमै बसेका युवाहरुलाई जिल्लाको बरेङ गाउँपालिकाले रोजगारी दिएको छ । स्थानीय सडक सरसफाई, सिंचाईं कुलो मर्मत, पहिरो सफाई, तटबन्ध निर्माण लगायतका काममा गाउँपालिकाले युवा परिचालन गरेको हो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत सुचिकृत बेरोजगार युवाहरुलाई काममा लगाईएको गाउँपालिकाले जनाएको छ । सामाजिक दुरी कायम गर्दै गाउँपालिका–१ मा करिब ३० जनाले बरेङदेखि नाम्दुकसम्मको मोटरबाटोको ढल, कटान र पहिरो पन्छाउने काम गरेका छन् ।
त्यस्तै आजबाट पालिकाको वडा नम्बर २ हुग्दिशिरका सूचिकृत ४२ जना बेरोजगारहरुले सर्वोदय क्याम्पसदेखि काफलबोट थुम्कासम्मको मोटरबाटोको ढल कटान, पहिरो सफाईको काम गरेका पालिकाका रोजगार संयोजक केशबराज क्षेत्रीले बताए ।
अहिले पालिकाभित्रका सबै वडामा कुलो मर्मत, तटबन्ध, पैदलमार्ग, आलु भण्डारणजस्ता कार्यमा श्रमिकहरुलाई प्रयोग गरिएको छ । श्रमिकको कामबापतको पारिश्रमिक भने नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक वा स्थानीय तहले निर्धारण गरेको दररेटमध्ये जुन बढी हुन्छ सोहीअनुसार पाउने क्षेत्रीले बताए ।
यसअघि करिब २ सय जनाले काम पाइसकेको र कुशलतापूर्वक योजनाको काम सकेको रोजगार सेवा केन्द्रले बताएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आफ्नै स्थानीय तहभित्रको निर्माण कार्य, मर्मतसंभार गर्ने काम पाउँदा श्रमिकहरु हर्षित भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->