बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

दुर्लङ्गका पहिरो पीडितलाई साढे ९ लाख सहयोग

दुर्लङ्गका पहिरो पीडितलाई साढे ९ लाख सहयोग


  • संजय रेग्मी
  • असार १३ २०७७, शनिबार

पर्वत, १३ असार– दुई परिवारका ९ जनाको ज्यान लिने गरी जेठ ३१ गते राती पर्वतको कुस्मा नगरपालिका ३ दुर्लुङको ढकालवारिमा आएको पहिरोबाट पीडित बनेकाहरूलाई आर्थिक तथा भौतिक सहयोग गर्ने क्रम चलिरहेको छ । यही क्रममा दुर्लङ्ग समाज युकेको कोषबाट र युकेमा रहेका दुर्लङ्गवासीहरुले सङ्कलन गरेको नगद र जिन्सी सहयोग गरिएको हो ।
दुर्लङ्ग समाज युकेको कोषबाट प्राप्त भएको १ लाख ९८ हजार रुपैयाँबाट चामल, तेल, दाल लगायत वितरण गरिएको हो भने दुर्लुङबाट युकेमा गएकारुको तर्फबाट ७ लाख ६६ हजार ३ सय ७ प्राप्त भएको हो । राहत स्वरूप आएको उक्त रकम दुर्लुङ नै घर भएका प्रतिनिधि सभाका सदस्य लालकाजी गुरुङले घटनास्थलमा नै पुगेर पीडितहरूलाई हस्तान्तरण गरे ।
उनले दुःखद घटनाले आफू निकै स्तब्ध रहेको बताउँदै घटना भए लगत्तै सरकारलाई सहयोग गर्न आग्रह गरेको बताए । तर घटना भएको २ हप्ता हुँदा पनि पहिरोका कारण जोखिममा परेका अन्य घरहरूलाई स्थानान्तरण गरी सुरक्षित पार्न सरकारले ध्यान नदिएको गुनासो गरे । कार्यक्रममा बोल्दै कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले ९ जनाको मृत्यु हुने गरी आएको पहिरोबाट नगरपालिका मर्माहत रहेको भन्दै ५ लाख रुपैयाँ राहत स्वरूप उपलब्ध गराउन छलफल भइरहेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->