सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

जैमिनीका दुग्ध उत्पादक कृषकलाई सामग्री वितरण

जैमिनीका दुग्ध उत्पादक कृषकलाई सामग्री वितरण


  • ढोरपाटन संवाददाता
  • असार १४ २०७७, आइतबार

बागलुङ, १४ असार– बागलुङको जैमिनी नगरपालिकाले दुग्ध उत्पादक किसानहरुलाई दुग्ध उत्पादनका लागि आवश्यक बिभिन्न सामग्रीहरु बितरण गरेको छ । चालु आर्थिक बर्षको कार्यक्रमअन्र्तगत नगरका बिभिन्न वडामा गठन भएका कृषक समुह तथा सहकारीहरुलाई सामग्री वितरण गरिएको हो ।
नगरपालिकाको पशुसेवा शाखाले चालु आर्थिक बर्षमा २ लाख ७० हजार बराबरमा सामग्री खरिद गरेर किसानहरुलाई वितरण गरेको पशुसेवा शाखाका प्राविधिक नेत्र आचार्यले बताए । जैमिनीको वडा नं. १, २, ४, ५ र ७ का किसानहरुलाई २१ स्थान क्यान, दुध नापतौल गर्ने मेसिन ३ थान, सेन्टिफ्जुजन मेशिन २ थान लगायतका सामग्री वितराण गरिएको हो ।
त्यस्तै, नगरका दुई वटा महिला सहकारीमार्फत १० वटा कुटानी पिसानी मिल किसानहरुका लागि हस्तान्तरण गरिएको छ । किसानको सहजताका लागि चालु आर्थिक बर्षमा २ लाख रुपैयाँ खर्चेर कृषि शाखाले उक्त मिलहरु खरिद गरेको थियो । किसानहरुलाई सामग्री हस्तान्तरण गर्दै नगर प्रमुख इन्द्रराज पौडेलले यान्त्रिकरणमार्फत कृषिमा उन्नती गरिने बताए । बाँझो जमिनमा खेती गर्न र उत्पादनसँग जोडिन उनको आग्रह थियो । नगर उपप्रमुख लिला रानाले कृषि उत्पादन बढाउन किसानको साथमा नगर रहेकाले किसानहरुले आवश्यकता अनुसार साथ र सहयोग लिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->