बागलुङ, १४ असार– सेन्चुरी बैंक बागलुङ शाखाले पर्वतको जलजला गाउँपालिकाको खनियाघाट स्थित तारा प्राबिमा सामाग्री सहयोग गरेको छ ।
बिद्यालयमा शैक्षिक सामाग्री अन्र्तगत झोला, कापी, कलम लगायतका सामाग्री बितरण गरिएको हो । बिद्यालयमा अध्ययन गर्ने श्रमिक बालबालिका, अपांग र दलीत बालबालिकाको लागि ती सामाग्री हस्तान्तरण गरिएको हो । सामाजिक उत्तरदायित्व अन्र्तगत बैंकले सामाग्री सहयोग गरेको प्रबन्धक दिपक शर्माले जानकारी दिए ।
बिद्यालयका अध्यक्ष सूर्यबहादुर थापाले सेन्चुरी बैंकले गरेको सहयोगबाट बालबालिकामा पढाइलेखाइमा हौसला थपिएको बताए । उनले सामाग्री बितरण गरेर सामाजिक दुरी कायम गर्दै बिद्यालयको अध्ययनअध्यापन कार्य अगाडि बढाउने समेत बताए । बालबालिकालाई सरसफाईको बारेमा सिकाउँदै थापाले सेनिटाइजर लगाउन सिकाउने तथा सामाजिक दुरी राखेर पढ्ने वातावरण बारे जानकारी दिएको बताए ।





