पहिरो (भू–क्षय) प्राकृतिक कारणले जमिनको माटो एक ठाँउबाट अर्को ठाउँमा बगेर जाने प्रकिया हो । कमजोर र जटिल भौगर्भिक बनोट (Fragile Geology), भिरालो जमिन र भारी बर्षाको कारण नेपालमा साना–ठूला गरी हजारौं पहिरो बर्षायममा जान्छन् । यस्तो कमजोर Complex fragile geology भएको स्थानमा बाटो वा पुर्वाधार निर्माण गर्दा अध्ययन गरि जोखिम न्युनिकरण गर्नुपर्छ । तर दुखको कुरा ह्रामो देशमा निर्माणका कार्य गर्ने समय उल्टो छ । जुन समयमा पानी बढी पर्छ, बाढीपहिरो जान्छ त्यस समयमा भौतिक निर्माणका काम धमाधम बजेट सक्नलाई गर्छौ । त्यसकारण हतार र काँचो संरचनाहरु बन्छन्, फलस्वरुप यसले अर्को बिपत्ति निम्त्याउँछ । बर्षायाममा आकाशको पानी जमिनमा अत्याधिक पर्ने र जमिनको सतहमा पानीको लेबल बढ्ने र पानीले गर्दा जमिन कमजोर भई बाढीपहिरो जाने भएकाले निर्माण कार्य गर्दा ध्यान दिन आवश्यक छ ।
बर्षायाममा राज्य वा नागरिक पूर्णरुपमा उच्च सर्तकताका साथ उद्धार र जोखिम न्युनिकरणमा लाग्नु पर्छ । जमिनमा साना–ठुला दरार र चिराहरुमा भूकम्पलगायत बिभिन्न कारणले हुनसक्छ, जसको कारणले पानी जमिनभित्र पानी छिरी कमजोर भई पहिरो भू–क्षय जान्छ । त्यसैले सम्बन्धित वा स्थानीय निकायको यसतर्फ ध्यान जान आवश्क छ । प्राकृतिक प्रकोपबाट मानव वा (जीव) अलग हुन सक्दैन तर यसबाट हुने क्षतिको न्युनिकरण भने गर्न सकिन्छ । नेपालजस्तो पहाडी र धेरै भिरालो जमिन भएको देशमा बाढीपहिरो, भूकम्पजस्ता प्राकृतिक प्रकोपको धेरै जोखिममा पर्ने राष्ट्र हो । नेपाल प्राकृतिक प्रकोपको बाढीपहिरो उच्च जोखिममा संसारको ११ औं देशमा पर्छ । बर्षेनि नेपालमा सयौं मानिसहरुले बाढीपहिरोबाट आपनो ज्यान गुमाउँछन । औषतमा ३५० भन्दा बढी बार्षिक रुपमा नेपालमा बाढीपहिरोबाट मानिसहरुले ज्यान गुमाउँछन् । हामो मुलुकमा बिनाअध्ययन बिकास निर्माणका कार्य भइरहेका छ । उदारणको लागि जताततै डोजर र स्काभेटर लगाएर बाटो खन्ने काम भइरहेको छ । बाटो खन्दा अत्याधिक पहिरोको समस्या हुने गर्दछ । यसबाट नयाँ पहिराको उत्पत्ति भएको छ । पुराना पहिरोहरु सक्रिय भएका छन् । भूगोलको अध्ययनबिना भिरपाखामा वा अन्य स्थानमा बाटो खन्दा पहाड र मानववस्तीहरु र कृषि जमिन उच्च जोखिम परेका छन् । यसको परिणमस्वरुप (पहिरो जाने, landslid dam बन्ने, Soil Erosion हुने, महत्वपूर्ण खनिज पदार्थ बगेर जाने) अनि खोला थुनिने र कृतिम तलाउ बन्छ र यसको प्रत्क्षय असर तटिय क्षेत्रमा डुबान sedimentation को समस्या बढ्दै गएको छ । जनधनको नोक्सान र भौतिक क्षति हुने गर्दछ । बिज्ञहरुको अध्ययन र सुभmाव अनुसारनै बिकास निमार्णका कार्य गर्नुपर्दछ । त्यसैले कुनै कार्य गर्नुपूर्व त्यसले निम्त्याउने असर र त्यस कार्यको दीर्घकालिन असर र दिगोपनमा गम्भिर अध्ययन गर्नुपर्दछ ।
यो समय भनेको पहिरोको उच्च जोखिम, यसको तयारीमा बस्ने र उद्वारमा लाग्ने समय हो । पहाडी भागमा पहिरो र समथल भागमा डुबानको समस्या हुने, जनधनको नोक्सान हुने गर्दछ । बिकास निमार्णका कार्य गर्नु पूर्वनै उत्तम जमिनको छनोट गर्नुपर्छ । विभिन्न स्तरमा जमिनको बर्गिकरण गरि hazard map बनाउनु पर्दछ । त्यसैले कुन ठाउँमा कस्तो खालको प्राकृतिक प्रकोप समस्या छ भन्ने थाहा हुन्छ । जसबाट व्यवस्थापनमा सहयोग पु¥याउँछ । पहिरोको जोखिम भएको ठाउँलाई कसरी सुरक्षित तरिकाले बिकासका कार्य गर्ने, त्यसको गहन बैज्ञानिक विश्लेषण र अध्ययन गर्न आवश्यक छ । कसरी कमभन्दा कम जोखिम वा न्युनिकरण गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिन आवश्क छ । हामोजस्तो भिरालो र कमजोर भूबनोट जमिन र भूकम्पीय जोखिम भएको देशमा भूबनोट सुहाउँदो बिकास निर्माण कार्य गर्नुपर्दछ । बिकास निर्माण कार्य गर्दा कमभन्दा कम पहिरोको जोखिम र यसको मापदण्ड अपनाएर सहज तरिकाले कार्य गर्न सकिन्छ । पहिरोको पहिचान गरि त्यसको व्यवस्थापनमा लाग्नु पर्दछ ।
बिभिन्न कारणबाट जाने पहिरो
१. भूकम्पीय तरङ्गका कारण जाने पहिरो
२. वर्षाबाट जाने पहिरो
हाम्रो देशमा यी दुबै खालको पहिरोको उच्च जोखिम छ । पहिरोको संरक्षणमा पनि हामीले जोड दिनुपर्छ ।
क. पहिरो जानुको प्रमुख कारणहरु
१. भिरालो जमिन (steep slopes)
२. जटिल भौर्गभिक बनोट (fragile geology)
३. भूकम्पीय तरङ्ग (sesmice wave)
४. भारी मात्रमा बर्षा (high intensity of rainfall)
५. वनजंगलको बिनास (deforestation)
६. अव्यवस्थित मानबबस्ती (unplanned human settlements)
७. अवैज्ञानिक विकास निर्माण कार्यहरु
८. मानब गतिविधि (Anthropology Activity)
९. Toe erosion
ख. पहिरोको असर
पहिरोले गर्दा प्रत्यक्ष असर जनजीवन, अर्थतन्त्रमा ठूलो असर गर्दछ, जनधनको नास, भौतिक संरचनाको पुननिर्माण । लाइफलाइन (यातायात, बाटो, औषधि उपचार, खानेपानी, विद्युत, कृषिअन्न) मानबबस्ती, ऐतिहासिक स्थान र पयटकीय स्थानमा यसले ठूलो संकट निम्त्याउँछ । त्यसैले बिकास निमार्ण कार्य गर्नुपूर्व नै त्यस क्षेत्र वरिपरिको पहिरो र अन्य प्रकोपको रामोसंग अध्ययाय गर्नु अति आवश्क छ । पूर्व अध्ययन र तयारीबाट नै भौतिक संरचनाहरु दिगो हुन्छ । हाम्रा अर्बाै अर्बका विकास निर्माणका आयोजना खेर नजाउन । त्यसैले बिकास निर्माणभन्दा पनि पुननिर्माणमा धेरै खर्च हुने गर्दछ । बर्खा सुरु हुनुभन्दा अगाडी नै पहिरोको समाचार आउन थालिसकेको छ । र, कतै हामीहरुले पनि हचुवाको भरमा बिकास निर्माणको काम गरेका त छैनौ ? कतै हाम्रो घर वरपर कृषिजन्य जमिन बाढीपहिरोको जोखिममा त छैन ? अब सोच्ने बेला आएको छ । वर्षेनि नेपालमा अर्बाै धनसम्पति बाढी पहिरोबाट नोक्सान हुन्छ । अर्कोतिर कोरोना त छँदैछ, पहिरोको जोखिमबाट पनि बचौं । पहिरोबाट सबै बचौ ।
माथि उल्लेखित सात आठ बटा बुँदालाई गंभीर रुपमा भौतिक निर्माण कार्य गर्नुपूर्व नै अध्ययन गरौं, घटना घटेपछि पछुताउनुमा कुनै औच्यि छैन । त्यसैले पूर्व अध्ययन र तयारीमा बसै प्रत्येक स्थानीय निकाय गंभीर हुन आवश्क छ । बिना भौगर्भिक वा वैज्ञानिक अध्ययन कुनै पनि निर्माण कार्य दिगो हुन सक्तैन । जनताले तिरेको कर वा राजश्वको पनि नोक्सान हुँदैन ।
भण्डारी भौगर्भिक ईन्जिनियर हुन् ।





