सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बागलुङ नगरको राहत कोषमा प्रगतीको २५ हजार सहयोग

बागलुङ नगरको राहत कोषमा प्रगतीको २५ हजार सहयोग


  • ढोरपाटन संवाददाता
  • असार १६ २०७७, मंगलबार

बागलुङ, १६ असार – बागलुङ नगरपालिकाले सञ्चालन गरेको राहत कोषमा प्रगति वहुउदेश्यीय सहकारी संस्थाले २५ हजार रुपैयाँ सहयोग गरेको छ । कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार र लक डाउनका कारण समस्या परेका विपन्न तथा रोजगारी गुमाएका ब्यक्तिलाई सहयोग गर्न नगरपालिकाले स्थापना गरेको राहत कोषमा प्रगति सहकारीले २५ हजार रुपैयाँ सहयोग गरेको संस्थाका अध्यक्ष कृष्ण प्रसाद (कुमार) पौडेलले वताए ।
नगरपालिकाले सञ्चालन गरेको विपद, राहत, उद्धार ब्यवस्थापन कोषमा प्रगति सहकारीको तर्फबाट मंगलवार रु. २५ हजारको चेक प्राप्त भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत दण्डपाणी शर्माले वताए । उक्त रकम संस्थाका अध्यक्ष पौडेल, उपाध्यक्ष तोयानाथ गौतम र सचिव उदयचन्द्र चपाईले नगरप्रमुख जनकराज पौडेललाई प्रदान गरे ।
सो कोषमा हालसम्म ३१ लाख ४५ हजार ५ सय ३ रुपैयाँ संकलन भएको छ । पछिल्लो पटक सो कोषमा सुमेगा ट्राभल्स काठमाडौंले ४ लाख, रोटरी क्लव अफ बागलुङले २५ हजार र मातृभूमी वहुउदेश्यीय सहकारी संस्थाले १३ हजार रुपैयाँ सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->