पर्वत, १७ असार– कोरोना संक्रमणबाट बच्नका लागि यहाँको एक संस्थाकी अध्यक्षले सर्वसाधारणका लागि स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेकि छन् । पर्वतको जलजला गाउँपालिका–५ मा रहेको प्राकृतिक सम्पदा संरक्षण संस्थाकी अध्यक्ष यामकुमारी गुरुङले २ सय ५० परिवारको लागि व्यक्तिगत खर्चमा मास्क, सेनिटाईजर लगायतका सामग्री बाँढेकी हुन् । कोरोना सम्बन्धि सचेतना सन्देश सहित टोल टोलमा पुगेकी गुरुङले सामाजिक दुरी कायम गर्दै स्वास्थ्य सामग्री वितरण गरेकि हुन् । उनले हात सफा गर्ने विधि सिकाउँदै सावुन समेत वितरण गरेको स्थानीय जगत शंखर पौडेलले बताए । गुरुङले लेखफाँटमा रहेको स्वास्थ्य चौकीमा औषधि राख्नको लागि फ्रिज र थर्मल गन समेत हस्तातरण गरेकी छन् ।





