बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सहकारीले अर्थतन्त्र बलियो बनाउन काम गर्नुस् : मन्त्री अर्याल

सहकारीले अर्थतन्त्र बलियो बनाउन काम गर्नुस् : मन्त्री अर्याल


  • ढोरपाटन संवाददाता
  • असार २० २०७७, शनिबार

ललितपुर, २० असार – भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले सहकारीले नेपालको अर्थतन्त्र बलियो बनाउन काम गर्नुपर्ने वताएकी छिन् । ९८ औं अन्तराष्ट्रिय सहकारी दिवस तथा २७ औं राष्ट्रिय सहकारी महासंघ दिवसका सन्दर्भमा शनिवार राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले कमजोर अर्थतन्त्रलाई बलियो बनाउन सहकारीले काम गर्नुपर्नेमा जोड दिएकी हुन् ।
अहिले अर्थतन्त्र निकै कमजोर अवस्थामा रहेकाले त्यसलाई बलियो बनाउनका निम्ती सहकारी क्षेत्र बलियो आधार हुनुपर्दछ, मन्त्री अर्यालले भनिन्, ‘सहकारीसँग ठूलो पुँजी छ । त्यसलाई परिचालन गरेर हामीले रोजगारीमूलक क्षेत्रमा लगानी गर्न सक्छौ ।’ ‘अर्थतन्त्र डामाडोल अवस्थामा छ। हिजोसम्म सञ्चितीले काम गरिरहेको थियो । अब पुरै माइनसमा छ । यस्तो अवस्थामा सहकारीले मुलुकको अर्थतन्त्रमा योगदान दिनुपर्छ ।’
सहकारी क्षेत्रका सम्भावित बित्तिय जोखिमलाई नियन्त्रण गर्न अहिले नै सचेत हुनुपर्ने बताउदै सहकारीको संख्या अत्यधिक भएका कारण राज्यले मात्रै अनुगमन, नियमन गर्न कठिन रहेको बताईन । स्वनियमनका कार्यलाई पनि अगाडी बढाउनुपर्ने आवश्यकता रहेको वताउदै उनले सहकारी क्षेत्रप्रतिको आमजनताको विश्वास कायम राख्नल अहिलेदेखि नै सचेत रहनुपर्नेमा जोड दिईन । त्यसका निम्ती केन्द्रीय सहकारी संघहरु बढी लाग्न मन्त्री अर्यालले आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->