सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

व्यापार छैन, कसरी उठ्ला कर ?

व्यापार छैन, कसरी उठ्ला कर ?


  • ढोरपाटन संवाददाता
  • असार २१ २०७७, आइतबार

बागलुङ, २१ असार– चालु आर्थिक बर्षको तुलनामा आगामी आर्थिक बर्षसमेत राजश्व संकलन कम हुने सामान्य अनुमान बिपतित बागलुङ नगरपालिकाले राजश्व बढाउने लक्ष राखेको छ ।
जिल्लाका अन्य पालिकामा पनि राजश्व संकलनलाई सके बढाउने, नसके अद्यावधिक गर्ने लक्ष बनाएका छन् । तीमध्ये बजार उन्मुख क्षेत्रमा सहरी क्षेत्रको व्यवसाय केन्द्रीय राजश्वमा बजेट लक्षित छन् । अंक बढाउने नीति ल्याएपनि राजश्व संकलन हुने अबस्था कमजोर भएमा बिकास निर्माण प्रभावित हुनेछ । बिकास बजेटको तुलनामा चालु खर्च चारगुणा बढी छ । उक्त बजेटसमेत राजश्वको भर परेपछि बिकास आयोजना प्रभावित हुने सरोकारवाला बताउँछन् ।
‘व्यवसाय ठप्प भएको धेरै समय भैसक्यो, अझै व्यापार हुने लक्षण छैन,’ होटल संघ गण्डकीका अध्यक्ष अर्जुन चोखालले भने, ‘कसरी राजश्व र कर तिर्ने हो, यो अबस्था भएमा धेरै व्यापारी पलायन हुन्छन् ।’ स्थानीय पालिकाले करको दर घटाउनुपर्ने उनले बताए । उत्तिकै संख्याको कर उठाउने लक्ष राखियो भने असंभव हुने उनको मत छ । ‘सार्वजनिक सेवाको क्षेत्र संचालन अनुमतिनै छैन, कहिले खुल्छ र पाहुना आउलान ?’ चोखालले भने, ‘बैंकले छुट दिंदैन, व्यवासय छैन ।’
कोरोना भाइरस (कोभिड–१९)को कारण चैतदेखि असारसम्म अर्थतन्त्रमा असर परेकोले चालु बर्षकै कर राजश्व संकलनमा गिराबट आएको छ । गत आर्थिक बर्ष ११ करोड २७ लाख ६७ हजार राजश्व संकलन गरेको बागलुङ नगरपालिकाले चालु बर्ष घटेर ८ करोड ५३ लाख ९६ हजार संकलनमा झरेको छ । आगामी आर्थिक बर्ष भने नगरपालिकाले ८ करोड ७३ लाख राजश्व संकलन गर्ने लक्ष राखेको हो । चालु बर्षको झै साउनपछि पनि तत्काल अर्थतन्त्र चलायमान हुने संभावना छैन । तर उही लक्ष बनाएमा पुरा हुन कठिन हुने उपभोक्ताले बताए ।
करतर्फ बागलुङमा गत आर्थिक बर्ष राम्रो भनिएका होटललाई १० हजार कर लिएकोमा आगामी बर्ष १५ हजार पु¥याएको छ । मदिरा पसलको रुपमा लिएर १५ हजार भनेपनि होटल नचले मदिरा पनि नचल्ने होटल संघका अध्यक्ष निलेस राजभण्डारी बताउँछन् । चार महिनादेखि होटल ठप्पै भएको उनले बताए ।
१५ कोठा सम्मको होटललाई पनि १० हजार करको दर तोकिएको छ । १५ जनाभन्दा बढी मानिस भेला हुन नपाउने भन्ने सरकारी नियम र कोरोना संक्रमणको जोखिम कायमै रहेकाले पार्टी प्यालेस, क्याटरिङ, दोहोरी, टेष्ट हाउस चल्ने संभावना समेत नरहेको उद्योग वाणिज्य संघ बागलुङका महासचिव नरेश कंडेलले बताए । ती व्यवसायमा पनि न्युनतम १० हजार कर तोकिएको छ । होटल चल्नै नसकेर बन्द गर्ने अबस्था आयो भने नगरपालिकाको अनुमानित आय घट्ने उनले बताए । यो बेला कर संकलन गरेर पूँजिगत खर्च चलाउनेभन्दा समाजबादमुखी बजेट बनाउनपर्ने उनले बताए ।
कार्यपालिकाको बैठकमा पनि यस्ता बिषय उठेको बानपा १२ का अध्यक्ष गुरुदत्त पाठकले बताए । ‘बजेट र मजदुरको समस्या होला भनेर कतिपय निर्माणाधिन बिकास योजनाको म्याद थपेका छौं’ उनले भने, ‘कर थोरै उठ्दा नियमित खर्च भैरहन्छ, बिकास क्षेत्रमै प्रभावित हुने हो ।’ समयले साथ नदिएमा बिकास प्रभावित भएपनि चित्त बुझाउनुपर्ने उनले बताए ।
बिद्यालय संचालन भएकोले कापी उद्योग, अफसेट लगायतका व्यवसायमा पनि असर परेको व्यापारीले बताए । खेलकुद, चलचित्र हललगायतमा पुरै कर छुट हुनुपर्ने कतिपय व्यवसायीले बताए । ‘आगामी बर्ष कुन दिन चलचित्र हल संचालन हुन्छ र सामाजिक दुरी कायम गरेर चलचित्र हल संचालन होला ?’ एक व्यवसायीले भने, ‘हलमा अन्य व्यवसाय गर्न सकेमात्र कमाइ हुने देखिन्छ ।’
सरकारले भ्रमण बर्षसमेत स्थगित गरिसकेको अबस्थामा ट्राभल्सबाट १० हजार कर उठाउने लक्ष राखेको छ । कवाडी संकलनको १० हजार तोकिएको छ । उक्त सेवामा पनि कठिन भएको व्यवसायीले बताए । बैदेशिक रोजगार कार्यालय मेनपावरलाई भने ५० प्रतिशत घटाइएको छ । आगामी बर्ष बिदेश भ्रमण गर्ने न्युन हुने अपेक्षा गरिएको हो । बैदेशिक रोजगारकै कन्सलटेन्सीलाई भने १० हजार रुपैयाँ नै तोकिएको छ । गलकोट नगरपालिकाले पनि गतबर्ष आन्तरिक १ करोड ३७ लाखसहित ८ करोड आय गरेकोमा चालु बर्ष घटेर ६ करोड ६२ लाख आय पुगेको छ । आगामी बर्षका लागि २ करोड ७९ लाख मात्रै आय गर्ने लक्ष राखेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->