सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पुरा भएन् कालोपत्रे सपना

पुरा भएन् कालोपत्रे सपना

कतै बजेट फर्केर गयो, कतै म्याद थपेर काम गराउने योजना


  • ढोरपाटन संवाददाता
  • असार २१ २०७७, आइतबार

बागलुङ, २१ असार– एक मिटरसमेत कालोपत्रे सडक नरहेको जिल्लाको बरेङ गाउँपालिकाले चालु बर्षमा गाउँपालिकामा धेरथोर कालोपत्रे सडक बनाउने योजना बनाएको थियो । संघ सरकारले दिएको समपुरक अनुदानको उपयोग गरेर बरेङ बजारमा ९ सय मिटर सडक कालोपत्रे गर्ने योजना पुरा भएन् ।
कालोपत्रे गर्ने भनिएको सडक फराकिलो बनाएर नालीको काम त चलिरहेको छ तर लकडाउनका कारण मजदुर हिँडेपछि कामको गति रोकिएको छ । चालु बर्षको पछिल्ला केहि दिनमात्रै बाँकी रहँदा यो बर्ष कालोपत्रेको काम नसकिने गाउँपालिकाका प्राबिधिक प्रमुख कृष्ण थापाले बताए ।
दुई करोड बजेट रहेको यो सडकको .बाँकी काम म्याद थपेर गर्ने वा यत्तिकै छोडिदिने भन्ने बिषयमा गाउँपालिकाले केन्द्रको निर्देशन कुरेको छ । क्रमागत योजना भएकाले आगामी बर्षको लागि समेत बजेट बिनियोजन भएको छ । बरेङको यो बर्ष कालोपत्रे देख्ने सपना भने अधुरै रहयो । ‘यो बर्ष थोरै भएपनि सडक कालोपत्रे हुन्छ भन्ने थियो तर प्रभावित बन्यो’ बरेङ गाउँपालिकाकी उपाध्यक्ष दिलकुमारी पुनले भनिन् ‘तर, कोरोनाको प्रभाव हाम्रो सडकमा देखियो ।’
मध्यपहाडी लोकमार्गको झण्डै एक किलोमिटर खण्डबाहेक जिल्लाको काठेखोला गाउँपालिकामा पनि कालोपत्रे सडक छैन । आठ वडा रहेको गाउँपालिकाले गाउँ कार्यपालिकाको कार्यालय बिहुँ जलजलादेखि प्रत्येक वडा कार्यालयसम्म कालोपत्रे सडक पु¥याउने योजना नीति तथा कार्यक्रममा उल्लेख छ । यहि कार्यक्रमलाई कार्यान्वयन गर्न गण्डकी प्रदेश सरकारले चालु आर्थिक बर्षमा उपलव्ध गराएको ससर्त अनुदानले जलजलादेखि रेश सडकखण्ड कालोपत्रेको काम सुरु भएको थियो । तर यो सडक कालोपत्रे नहुने पक्का भएको गाउँपालिका अध्यक्ष अमर थापा बताउँछन् ।
‘८०० मिटर कालोपत्रे गर्ने योजनाअनुसार काम सुरु भएको थियो तर रोकियो’ थापाले भने ‘अब के गर्ने भन्ने बिषयमा प्रदेशको निर्देशन हेर्नुपर्छ ।’ यो सडक कालोपत्रे गर्न गण्डकी सरकारले ८० लाख रुपैयाँ बजेट उपलव्ध गराएको थियो । सडकको कटिङ र नाली निर्माणको मात्रै केही काम भएको थापाले बताए ।
गतबर्ष स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्र्तगत १ हजार ५ सय मिटर र प्रदेश सरकारको सहयोगमा ४ सय मिटर कालोपत्रेको काम गरेको जैमिनी नगरको पनि यो बर्षको योजना अधुरै रहेको छ । कालोपत्रे गरेको एक÷दुई दिनमै उप्किएको १ सय ५० मिटरसहित १ हजार २ सय मिटर सडक कालोपत्रे गर्ने योजना रहेको इञ्जिनियर रामकृष्ण शर्माले बताए । उक्त खण्डमा नाली निर्माणको काम लगभग सकिएको छ । लकडाउनका कारण घर गएका मजदुर फर्काउने र म्याद थपेर असोजभित्र कालोपत्रे गर्ने योजना रहेको शर्माले बताए ।
‘लकडाउनले प्रभावित भएको हो म्याद थपेर काम गराउने बिषयमा छलफल भैरहेको छ’ उनले भने ‘त्योबाहेक हाम्रै नगरमा सडक बिभागका दुई खण्डमा कालोपत्रेको काम चलिरहेको छ ।’ नगरको केन्द्र कुश्मीशेरा बजारदेखि जिल्ला सदरमुकाम जोड्ने सडकखण्ड अन्र्तगत किसेक–टुनिवट खण्डको कालोपत्रे गर्ने काम चलिरहेको छ ।
चालु बर्षमा सडक बिभाग र नगरपालिका दुवैले गर्ने भनिएका तीनवटै खण्डको काम मजदुर अभावकै कारण रोकिँदा समयमा नसकिएको नगरपालिकाले जनाएको छ । जिल्लाका अन्य पालिकाहरुमा समेत सडक स्तरोन्नती र कालोपत्रेका कामहरु प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->