शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

तमानको नीति तथा कार्यक्रम र बजेट पारित

तमानको नीति तथा कार्यक्रम र बजेट पारित


  • ढोरपाटन संवाददाता
  • असार २१ २०७७, आइतबार

बागलुङ, २१ असार– गाउँसभा सदस्यहरुको बिबादका कारण असार १० गते नीति तथा कार्यक्रम मात्रै प्रस्तुत गरेर सातौं गाउँसभ स्थगित गरेको जिल्लाको तमानखोला गाउँपालिकाले आईतबार नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ ।
आईतवार बसेको सातौं गाउँसभाको दोस्रो बैठकले आगामी आर्थिक बर्षका लागि २७ करोड ४२ खाल रुपैयाँको बजेट पारित गरेको हो । शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र कोरोना भाईरसको नियन्त्रण तथा रोकथाममा केन्द्रित बजेट बहुमतले बारित भएको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए ।
गाउँसभा सदस्यहरुको बिचमा रहेको असहमतिलाई छलफल गरेर सम्बोधन गरेपछि आईतबार सातौं गाउँसभाको दोस्रो बैठक बसेको थियो । बैठकले नीति तथा कार्यक्रम, स्थानीय मदिरा ऐन २०७७, विनीयोजन बिधेयक २०७७ समेत बहुमतले पारित गरेको छ । गाउँपालिकाले आगामी आर्थिक बर्षमा वडा नं. ४ र ५ को प्रशासनिक भवन निर्माणको कामलाई पनि प्राथमिकतामा राखेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->