बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पोखराका यातायत व्यवसायीले बैंकलाई चाबी बुझाए

पोखराका यातायत व्यवसायीले बैंकलाई चाबी बुझाए

एनएमबी बैंकमा ३०, मुक्तिनाथ विकास बैंकमा २५, प्राइममा १८ र गरीमा बैंका १७ वटा गरि ९० सवारीको चाबी बुझाए


  • ढोरपाटन संवाददाता
  • असार २३ २०७७, मंगलबार

पोखरा, २३ असार– किस्ता तिर्न दिनहूँ तोकेता गरेपछि पोखराका यातायात व्यवसायीले बैंकलाई चाबी नै बुझाएका छन् । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्राइभेट लिमिटेडमा आबद्ध व्यवसायीहरुले ९० वटा सवारीको चाबी बैंकलाई बुझाएका हुन् ।
कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीका अनुसार एनएमबी बैंकमा ३०, मुक्तिनाथ विकास बैंकमा २५, प्राइममा १८ र गरीमा बैंका १७ वटा गरि ९० सवारीको चाबी बुझाएको जानकारी दिए । बैंकहरुले किस्ता तिर्न दिनहूँ ताकेता गरेपछि सवारीको चाबी नै बुझाउन बाध्य भएको उनले सुनाए । ‘हैरानै पारे, कुनै दिन सुखै दिँदैनन् । राती फोन गर्ने, दिउँसै फोन गर्ने, बिहानै फोन गर्ने, मानसिक टर्चर दिने’ उनले भने, ‘छोरा नातीले जागिर खान पाउँदैनन्, कालोसूचीमा नाम निस्किन्छ भनि सकेपछि मान्छे आत्तिनु त स्वभाविक हो । चाबी बुझाउनुको विकल्प नदेखेर बुझाएको हो ।’
राज्यले यातायात व्यवसायी डुबे डुबुन् भनेर बेवास्ता गरेको उनको आरोप छ । आफूहरुको लागि राज्य भए जस्तो व्यवहार पनि नभएको उनको भनाई छ । ‘राज्य सिरियस नभएपछि के लाग्छ, अभिभावक नै नभएपछि परिवारको के हाल हुन्छ ?’, उनले भने, ‘हाम्रो लागि त कोही पनि छैन । प्रधानमन्त्री पनि छैन । मन्त्री पनि छैन । अभिभावक नभएको परिवार कस्तो हुन्छ कल्पना गर्न सक्ने कुरा पनि भएन ।’
केही समयअघि यातायात व्यवसायीहरुले पत्रकार सम्मेलनको आयोजना गरेर बैंकलाई बुझाउनुपर्ने किस्ताको समयावधी थप गर्न माग राखेका थिए । किस्ता तिर्ने समय थप नगरिएमा चाबी नै बुझाउनुपर्ने अवस्थामा व्यवसायीहरु पुगेको उनीहरुको माग थियो । ‘हामीले केही पनि मागेका होइनौं । चामल खाने पैसा मागेका होइनौं । यो विषयमा राहत देउ भनेका पनि होइनौंँ’, उनले भने, ‘हामीले त केबल ६ महिनाको किस्ता व्यवस्थापन गरिदेउ मात्रै भनेका हौं ।’ योभन्दा बढी व्यवसायीहरुको माग र आशा केही पनि नभएको उनले सुनाए ।
उद्योग, पर्यटन लगायतका क्षेत्रको विषय उठान भए पनि आफूहरुको नाम पनि उच्चारण नभएको भन्दै उनले रोष व्यक्त गरें । राज्यले आफूहरुलाई सम्बोधनै नगरेर विभेद्कारी बनेको उनले आरोप लगाए ।
सार्वजनिक यातायात बिना अरु पेशा, व्यवसाय पनि चल्न नसक्ने दाबी गर्दै उनले आफूहरु उपेक्षामा परेको बताए । एक एक दिनको अन्तरमा व्यवसायीहरुले चाबी बुझाउने कार्यक्रम रहेको उनले सुनाए । प्रमुख जिल्ला अधिकारीलाई पनि आफूहरुको समस्याबारे पत्र बुझाएको उनले बताए । राज्यको ध्यानाकर्षण हुनेमा आश नलागे पनि एकएक दिनको अन्तरमा व्यवसायीहरुले चाबी बुझाउने कार्यक्रम तय भएको उनले सुनाए । कहीँ कतैंबाट सम्बोधन हुने नदेखिएपछि बाध्य भएर चाबी बुझाएको उनले दोहो¥याए । कम्पनीमा अहिले १४ सय सवारी धनी आबद्ध छन् । अन्तिममा केही विकल्प नरहे कम्पनीको कार्यालयमा पनि चाबी लगाएर राज्यलाई बुझाउने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->