शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बन्दाबन्दीले उकुसमुकुस बनेका महिलाहरु ढाका बुन्न लागेपछि खुसी

बन्दाबन्दीले उकुसमुकुस बनेका महिलाहरु ढाका बुन्न लागेपछि खुसी

सामाजिक दुरी कायम राखेर बिहान र दिउँसो गरि दुई चरणमा तालिम संञ्चालन गरिएको छ


  • हिमलाल पराजुली
  • असार २३ २०७७, मंगलबार

स्याङ्जा, २३ असार– कोरोना संक्रमणका कारण लामो सम्यसम्म बन्दाबन्दी हुँदा घरभित्रै बस्दा उकुसमुकुस बनेका महिलाहरु ढाका बुन्ने काममा लागेपछि उनीहरुको अनुहारमा खुसी छाएको छ । भूमी ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय र वालिङ नगरपालिका–९ मा रहेको कानुङ आँधीखोला बचत तथा ऋण सहकारी संस्थाले ढाका बुन्ने अवसर जुटाईदिएको हो ।
भूमी ब्यवस्था सहकारी तथा गरिबी निवाणर मन्त्रालयअन्र्तगत महिला लघुउद्यम तथा उधमशिल विकास कार्यक्रम अन्तरगत ब्यावसायीक ढाका बुनाई सिप विकास तालिमको संञ्चालन भएपछि यति बेला तालिममा सहभागी महिलाहरु ब्यावसायीक रुपमा ढाका बुनेर स्वरोजगार बन्ने योजनामा रहेका छन् ।
तालिममा सहभागि वालिङ–२ की लीला रानाले घरमा यत्तिकै बसेर समय कटाउनुभन्दा ढाका बुन्ने काम सिक्न पाएकोमा आफुलाई धेरै खुशी लागेको बताउँदै तालिमपछि घरमा समय निकालेर ब्यावसायीक रुपमा ढाका बुन्ने बताइन् । घरमा त्यसै बसेर समय खेर फाल्नुभन्दा तालिममा सिकेको कुरालाई घरमा बसेर आम्दानीको स्रोत बनाउने योजना बनाएको रानाको भनाई छ । घरको अन्य काम गर्दागर्दै पनि समय निकालेर ढाका बुन्ने योजानामा रहेको रानाले बताइन् ।
यसैगरी वालिङ–९ की भगवती रानाले सिकेको सिप आफुमा मात्रै सिमित नराखेर आफ्नो टोलका महिला दिदीबहिनीहरुलाई समेत सिकाउने बताइन् । महिलाहरु आफ्नो सामान्य खर्चको लागि पनि पुरुषको भर पर्नुपर्ने अवस्थाबाट मुक्ति पाउनको लागि ढाका बुन्ने कार्य घरमै बसेर आयआर्जन गर्न सक्ने एउटा माध्यम भएको रानाको भनाई छ ।
कानुङ आँधीखोला बचत तथा ऋण सहकारीका अध्यक्ष उमेश दर्लामीले भूमी ब्यवस्था सहकारी तथा गरिबी निवाणर मन्त्रालयको सहयोगमा सहकारीले ३ महिने ढाका बुनाई तालिम संञ्चालन गरेको बताए । दर्लामीले भने, ‘हामीले मैला दिदीबहिनिहरुलाई कसरी उद्यमशिल बनाउन सकिन्छ भनेर सोचिरहेका थियौ, महिलालाई घरको काम सकेर फुर्सदको समयमा एक्लै पनि ढाका बुन्ने काम गर्न सकिने लागेर ढाका बुनाइ तालिम संञ्चालन गरेका हौ ।’
तालिममा प्रशिक्षकको रुपमा रहेकी रुपा रानाले सहभागिहरु ढाका बुनाईमा निकै आर्कषित भएको र उत्साहपुर्वक सिक्ने गरेको बताइन् । सुरु सुरुमा तान लगाउने काममा दुःख भएपनि तान लगाईसकेपछि तालिममा सहभागिहरुले उत्साहका साथ सिक्ने गरेको प्रशिक्षक रानाको भनाई छ ।
अर्का प्रशिक्षक मीनु कुमारी रानाले अहिले सल र खादा बनाउन सिकाइएको बताइन् । ढाका बुनाईलाई घरमै बसेर सहज रुपमा घरको कामधन्दा सकेर फुर्सदको समयमा काम गरेर पनि राम्रो आम्दानी लिन सकिने पनि उनले बताईन् । वडाका १५ जना महिला तालिममा सहभागि भएको र सामाजिक दुरी कायम राखेर बिहान र दिउँसो गरि दुई चरणमा तालिम संञ्चालन गरेको संस्थाका अध्यक्ष उमेश दर्लामीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->