शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बाख्रालाई समयअनुकुल बोका खोज्ने प्रविधि !

बाख्रालाई समयअनुकुल बोका खोज्ने प्रविधि !


  • हिमलाल पराजुली
  • असार २४ २०७७, बुधबार

स्याङ्जा, २४ असार– बाख्रापालन व्यावसाय गर्दै आएका किसानलाई लक्षित गरेर गल्याङ नगरपालिकाले बाख्रालाई आफ्नो समय अनुकुल बोका खोज्ने (बाख्रामा हिट सिङ्क्रोनाइजेसन) प्रविधिको सुरुवात गरेको छ ।
गल्याङ नगरपालिका–७ मा रहेको ललित थापाको बाख्रा फर्ममा यो प्रविधिको पहिलोपटक प्रयोग गरिएको हो । बाख्राको प्रजनन अंगमा सिआईडिआर राखेपछि हर्मन उत्पन्न भई बोका खोज्ने हुँदा यो प्रविधि निकै महत्वपुर्ण भएको नगरपालिकाका पशु सेवा शाखाका अधिकृत सुशील अर्यालले बताए । अर्यालका अनुसार, पहिलो पटक १४ वटा बाख्रामा यो प्रविधिको प्रयोग गरिएको र पछि थप १ सय वटामा गरिने योजना रहेको छ ।
बाख्रालाई आफुले स्यारसुसार गर्न अनुकुल हुने सयममा पाठापाठी उत्पादन गर्न यो प्रविधिको प्रयोग गर्ने गरिन्छ । यसरी बाख्रालाई समयअनुकुल बोका खोज्ने बनाउन निरोगी र सुत्केरी भएको दुई महिना पुगेको बाख्रा छनोट गरेर आन्तरिक परजिवीको औषधी र मिनरल खुवाइसकेपछि त्यसको २० दिनपछि बाख्राको प्रजनन अंगबाट सिआईडिआर योनीमा राखिन्छ । र, यसलाई राखेको १७ दिनपछि निकालेर अर्को हर्मोन ल्युटिनाइज बाख्राको शरीरमा लागाइन्छ । यो लगाएको ४८ घण्टामा बाख्राले पुर्ण रुपमा बोका खोज्ने भएकोले एआई गरेर बोयर जातको बोका लगाइने अर्याल बताउँछन् ।
यो प्रविधिको प्रयोग गर्दा यसक्षेत्रमा काम गर्ने चिकित्सकका साथै प्राबिधिकको कमी हुनु र हर्मोन महंगो पुर्नका साथै सहज रुपमा पाउन गाह्रो हुने भएकोले किसान समक्ष आउन नसकेको अर्यालले बताए ।
व्यावसयीक रुपमा बाख्रापालन गर्दै आएका किसानले यो प्रविधिको प्रयोग गर्न सके धेरै फाईदा लिन सक्ने देखिन्छ । यो प्रविधिको सबैभन्दा महत्वपुर्ण पक्ष भनेको किसानले आफुअनुकुल पाठापाठी उत्पदन गर्ने सकिने भएकोले साउन÷भदौ र पुस÷माघ महिनामा बाख्राले पाठापाठी जन्माउँदा राम्रोसंग हुर्कोउन नसकिने भएकाले अन्य महिनामा बाख्रालाई सुत्केरी बनाउन सकिनेछ । यो प्रविधिको प्रयोग गर्नको लागि बाख्रा सुत्केरी भएको कम्तीमा दुई महिना पुगेको र निरोगी भएको हुनुपर्छ ।
नगरपालिकाका प्रमुख भुपराज अधिकारीले नगरपालिकालाई कृषिमा आत्मनिर्भर गराउने योजना अनुसार काम गरिरहेको बताउँदै किसानको लागि आवश्यक पर्ने सबै कुरामा नगरपालिकाकाले सहयोग गर्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->