शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कोरोना जितेपछि बागलुङका ४२ जना एकैदिन घर फर्किए

कोरोना जितेपछि बागलुङका ४२ जना एकैदिन घर फर्किए

पर्वतका २३ संक्रमित पनि निको


  • ढोरपाटन संवाददाता
  • असार २४ २०७७, बुधबार

बागलुङ, २४ असार– कोरोना संक्रमण भएर आइसोलेसनमा बसेका बागलुङका ४२ जनाले एकैदिन घर फर्कने अबसर पाएका छन् । उनीहरुको दोश्रो पटक कोरोना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएकोले निको भएर फर्कन लागेका हुन् । उनीहरुलाई बुधबार बिदाई गरेर कम्तिमा घरमै गएर दुई साता बसिदिन पनि आग्रह गरिएको छ । ‘एकैपटक धेरै जनाले कोरोना जितेका छन्, संक्रमण दर घटिरहेको छ’ स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले भने, ‘जिल्लामा अब संक्रमितको संख्या कम हुँदै गएको छ ।’
उनका अनुसार, धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा रहेका ७ जना युवाहरु बुधबार बिहानै डिस्चार्ज भएका थिए । त्यस्तै, बुधवार बेलुकी बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा बसेका ३५ जना डिस्चार्ज भएका हुन् । कोरोना भाइरस संक्रमण भएर दुई साताअघि अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएका उनीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो । उनीहरु दुई साता होम क्वारेन्टाइनमा बस्ने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए ।
पर्वतका २३ संक्रमित पनि निको
मंगलबार २० जना र बुधबार बिहान थप ३ जना कोरोना संक्रमितको दोस्रो रिपोर्ट नेगेटिभ आएसँगै एकैपटक २३ जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको पर्वत अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिनुभयो । कोरोना निको हुनेमा संक्रमण पुष्टि भएर ३४ दिनसम्म अस्पतालमा उपचार गराईरहेकाहरु समेत रहेका छन् । गण्डकी स्वास्थ्य बिज्ञान प्रतिष्ठान र प्रदेश क्षयरोग केन्द्र पोखराको ल्याबमा गरिएको परिक्षणमा उनीहरुको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । कोरोना अस्पतालमा स्वास्थ्य लाभ गरिरहेका ६२ संक्रमितमध्ये २३ जना निको भएपछि अब ३९ जना मात्रै उपचाररत रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->