बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पर्वतमा बल्ल आयो शवलाई चिसो राख्ने प्रबिधि

पर्वतमा बल्ल आयो शवलाई चिसो राख्ने प्रबिधि


  • ढोरपाटन संवाददाता
  • असार २५ २०७७, बिहिबार

पर्वत, २५ असार – पर्वत जिल्लामा पहिलो पटक शवलाई बिग्रन नदीन चिसो बनाइराख्न प्रबिधि सुरु गरिएको छ । गण्डकी प्रदेश सरकार अन्तर्गतको सामाजिक बिकास मन्त्रालयले उपलब्ध गराएको ८ लाख रुपैयाँको लागतमा शवलाई चिस्याएर राख्ने मर्चरी च्याम्बर जडान गर्न लागिएको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीका अनुसार पोष्टमार्टमका लागि जिल्लाका शवहरु राख्ने गरिएको पर्वत अस्पतालमा रहेको शव गृहमा १÷२ दिन भित्रमा नै च्याम्बर जडान गर्न लागिएको छ । अहिलेसम्म पनि जिल्लामा नै शवलाई चिस्याएर सुरक्षित तरीकाले राख्ने प्रबिधि नभएका कारण कानुनी प्रक्रिया लागि समेत झमेला हुँदा आएको थियो ।
जिल्लामा बेवारिसे अवस्थामा शव फेला परेमा मृतकको पहिचान गरेर आफन्तको खोजी गर्ने बेलासम्म शवलाई पर्वत अस्पतालको पोस्टमार्टम कक्षमा राख्ने गरिएको छ । कुस्मा नगरपालिका वडा नं. ५ बडागाउँको बस्ती नजिकै रहेको अस्पतालको बस्तीतर्फकै भागमा रहेको शव गृहमा रहेका शव कुहिएर आउने गन्धले बडागाउँबासी र अस्पतालमा कार्यरत कर्मचारीहरुले नै दुर्गन्ध भोग्नुपरेको थियो ।
पोस्टमार्टमको लागि प्रहरीले शव ल्याएपछि पहिचान भएमा त आफन्तले जिम्मा लिन्छन् र अन्तिम संस्कार गर्छन् । तर पहिचान हुन नसकेका, कुहिएको अवस्थामा फेला परेका शवका कारण समस्या हुने गरेको थियो । बडागाउँबासीले पटक–पटक अस्पताल प्रशासन तथा अस्पताल व्यवस्थापन समितिलाई शव गृहबाट आएको गन्धले घरमा बस्नै नसक्ने अवस्था आएको भनेर गुनासो पनि गर्दै आएका थिए ।
चिसो बनाउने प्रविधि नभएका कारण भेटिएको अवस्थामा भन्दा शव गृहमा राख्दा शवको पहिचान नै हुन नसक्ने अवस्था आउने गरेकोमा अब भने त्यस्तो नहुने पर्वत अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले बताउनुभयो । शवलाई चिसो राख्ने प्रविधि जडान भएपछि शवको विषयमा प्रहरीले गर्ने अनुसन्धान गर्न तथा पहिचानका लागि पनि सजिलो हुने जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले वताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->