बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

‘पोखराको पर्यटनलाई पुर्नकर्जा कोषबाट धेरै छुट्याऊ’

‘पोखराको पर्यटनलाई पुर्नकर्जा कोषबाट धेरै छुट्याऊ’

होटल संघद्वारा गभर्नरको ध्यानाकर्षण


  • ढोरपाटन संवाददाता
  • असार २५ २०७७, बिहिबार

पोखरा, २५ असार– पोखराका पर्यटन व्यवसायीहरुका साझा संस्था पोखरा पर्यटन परिषदले बैंक तथा वित्तीय संस्थाहरुलाई किस्ता र ब्याजको ताकेता नगर्न आग्रह गरेको छ । परिषदले आफ्नो आग्रहको संवोधन नभए व्यवसायको तालाचाबीनै बैंकलाई बुझाउने चेतावनी पनि दिएको छ । पोखराका यातायात व्यवसायीहरुले बैंकलाई आफ्ना सवारी साधनको तालाचाबी बुझाएलगत्तै पर्यटन व्यवसायीहरुले पनि सोही बाटो पच्छ्याउने चेतावनी दिएका हुन् ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलले भने, ‘यस महामारीको अन्त्य नभई मानिसहरु एक स्थानबाट अर्को स्थानमा सहज रुपमा आवतजावत गर्ने अवस्था नरहेसम्म व्यवसाय सुचारु हुने अवस्था छैन ।’ पर्यटन व्यवसायीहरुले बैंक वित्तिय संस्थाबाट विभिन्न शिर्षकहरुमा लिएका कर्जाको किस्ता र ब्याज भुक्तानी गर्ने अवस्था नभएकाले सबै बैंक वित्तिय संस्थाबाट पर्यटन व्यवसायीले लिएको कर्जाको असार मसान्तसम्म हुन आउने किस्ता र ब्याज रकम समायोजन गरि पुर्नतालिकीकरण गर्नुपर्ने अवस्था रहेको पोखरेलले बताए ।
उनले संघीय सरकारको बजेटमा कोभिड–१९ बाट प्रभावित व्यवसायलाई छुट्याइएको एक खर्वको पुर्नकर्जा कोष र ५० अर्वको व्यवसाय सञ्चालन कोषको उपयोग पुर्णरुपमा समानुपातिक र सरलीकृत हुनुपर्ने उनले बताए । पोखरामा पर्यटन अधिकतम लगानी भएकाले पुर्नकर्जा कोेषमध्ये अधिकतमु रकम गण्डकी प्रदेशमा पठाउने नीतिगत व्यवस्था हुनेपर्ने उनको माग छ ।
होटल संघद्वारा गभर्नरको ध्यानाकर्षण
कर्जा र साँवाको ब्याज भुक्तानी गर्न बैंक तथा वित्तीय संस्थाहरुबाट चर्को दवाव परेपछि पश्चिमाञ्चल होटल संघ पोखराले विषम परिस्थितिलाई ख्याल गर्दै आबश्यक समन्वय गरिदिन अनुरोधसहित बुधबार नेपाल राष्ट्र बैंकलाई एक ज्ञापनपत्र बुझाएको छ । यसका लागि संघका अध्यक्ष विकल तुलाचनको नेतृत्वमा संस्थाका पदाधिकारीसहितको एक समूह राष्ट्र बैंकको पोखरा शाखा पुगेको थियो ।
पोखरा कार्यालयका निर्देशक डा. डिल्लीराम पोखरेलमार्फत नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई संघले सो अवसरमा एक ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘हाल कुनै पनि व्यवसायीहरुले कर्जा भुक्तान गर्ने स्थिति नरहेको जानकार हुँदाहुदै पनि कर्जा भुक्तानको लागी बैंक तथा वित्तीय क्षेत्रबाट ताकेता तथा मानशिक दबाब दिँदा असहज परिस्थिति उत्पन्न हुने र त्यस असहज परिस्थितिको भागीदार बैंक तथा वित्तीय क्षेत्र हुने पनि जानकारी गराउँदछौं ।’ यसअघि संघले मंगलबार विज्ञप्ती जारी गर्दै संकटको बेला कर्जाको ब्याज र किस्ता नमाग्न बैंक तथा वित्तीय संस्थाहरुसँग आग्रह गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->