बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

विकासे परियोजना अनुगमनमा सांसद भट्टराई

विकासे परियोजना अनुगमनमा सांसद भट्टराई


  • ढोरपाटन संवाददाता
  • असार २६ २०७७, शुक्रबार

पोखरा, २६ असार– सांसद विद्या भट्टराईले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत कास्की निर्वाचन क्षेत्र नं २ का विकास निर्माण आयोजनाको अनुगमन गरेकी छन् । आर्थिक बर्ष २०७६÷७७ मा पूर्वाधार विकास कार्यक्रमअन्तर्गत बिनियोजित बजेटबाट संचालित ३६ वटा परियोजनाको प्रगति बुझ्न उनी परियोजनास्थल पुगेकी हुन् ।
कार्यक्रमअन्तर्गत कास्की क्षेत्र नं. २ मा सञ्चालित सडक तथा ढल, सिंचाई, खानेपानी, भवनलगायतका योजना छन् ।
अनुगमका क्रममा उनले विवादित निर्वाचन पूर्वाधार विकास कार्यक्रमले विकासका पूर्वाधार निर्माणमा सहयोग पु¥याएको जिकिर गरिन् । उनले विकास निर्माणमा गुणस्तरीयता अपरिहार्य भएको बताउँदै तोकिएको समयमा काम सम्पन्न गर्न निर्माण कम्पनी र स्थानीय उपभोक्ता थप सचेत बन्नुपर्ने बताइन् । अनुगमनका क्रममा केही स्थानीय उपभोक्ता समितिका पदाधिकारीले समयमै बजेट प्राप्त नहुँदा काममा ढिलासुस्ती भएको बताउँदै पछिल्लो समय कोरोनाका कारण मजदूर नपाउँदा समयमा काम सम्पन्न गर्न समस्या भएको जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->