बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

फ्यासिनो फोटो कन्टेस्ट आइतबारदेखि

फ्यासिनो फोटो कन्टेस्ट आइतबारदेखि


  • ढोरपाटन संवाददाता
  • असार २६ २०७७, शुक्रबार

पोखरा, २६ असार– यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता भि ए डब्लु इन्टरप्राइजेज प्रा.लि. यामाहा सोरुम पोखराले फ्यासिनो फोटो कन्टेस्ट गर्ने भएको छ । यामाहा पोखराको आधिकारिक फेसबुक पेजमा पोष्ट हुने फोटो कन्टेस्टका विजेताले नगद रु. ७ हजार तथा उपविजेताले नगद रु ४ हजार प्राप्त गर्ने यामाहा सो रुम पोखरा भि ए डब्लु इन्टरप्राइजेज प्रा.लि.का अध्यक्ष सरोज श्रेष्ठले जानकारी दिए । असार २८ गतेबाट सुरु हुने फोटो कन्टेन्स्ट साउन १० गते सम्म १५ दिन जारी रहने छ ।
कन्टेस्टमा सहभागी हुन चाहनेले यामाहाको उत्पादन फ्यासिनो स्कुटरमा फोटो सुट गरेर यामाहा पोखराको आधिकारिक पेजमा पठाउनु पर्ने यामाहा सोरुम पोखराका सञ्चालक सक्षम श्रेष्ठले बताए । यामाहा पोखराको फेसबुक पेजमा पोष्ट भएको फोटो आफ्नो फेसबुक टाइमलाइनमा शेयर गर्नुपर्ने छ । विजेताको घोषणा उसले पाउने नम्बरको आधारमा गरिने सञ्चालक श्रेष्ठले बताए ।
‘कन्टेस्टमा सहभागी मध्य जसको धेरै शेयर वा लाइक आउने छ उसले पुरस्कार जित्ने छ ।’ यामाहा पोखराका सक्षम श्रेष्ठले भने ‘पोष्ट फेसबुकमा प्रति शेयरको २ नम्बर तथा पोष्ट लाइकको एक नम्बर प्रदान गरिने छ ।’ फोटो कन्टेस्टमा जोसुकैले पनि भाग लिन पाउने यामाहा पोखराले जनाएको छ । कन्टेस्टमा सहभागी हुन चाहनेले आफ्नो स्कुटर, साथीको स्कुटर वा सोरुममै आएर पनि सोरुमको स्कुटरमा फोटो सुट गर्न सक्नेछन् ।
यामाहाले युवा पुस्तालाई लक्षित गरि नेपालमै पहिलो पटक एफआइ सिस्टम (फ्युल इन्जेक्टर सिस्टम) भएको फ्यासिनो १२५ एफआइको विक्री पनि खुल्ला गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->