सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

दुदिलाभाटीका बिपन्न तथा दलित परिवारलाई राहत

दुदिलाभाटीका बिपन्न तथा दलित परिवारलाई राहत


  • ढोरपाटन संवाददाता
  • असार २७ २०७७, शनिबार

बागलुङ, २७ असार– लकडाउनको समयमा गुजारा चलाउन कठिन भएका जिल्लाको गलकोट नगरपालिका–१ दुदिलाभाटीका २९ बिपन्न, दलित परिवारलाई यहाँको एक परिवारले खाद्यान्न सहयोग गरेको छ । दुदिलाभाटीकै स्थानीय कमलबहादुर कार्कीको परिवारले शनिबार एक लाख बरावरको खाद्यान्न सामग्री सहयोग स्वरुप बितरण गरेको हो ।
आफ्ना स्वर्गिय बाबु मिनबहादुर कार्की र हजुरबुबाको सम्झनामा गलकोटमा स्थायी घर भई हाल जापानको ओशाकामा होटल व्यवसायी, हिमालन इन्डिउन तथा नेपाली रेष्टुरेन्टका संचालक छोरा कमलबहादुर कार्की र बागलुङको श्रीनगर टोलमा हिमालयन मोटरसाइकल वर्कसप तथा हिमालयन अटो पार्टसका संचालक नाती यामबहादुर कार्कीको सक्रियतामा २९ परिवारलाई खाद्यान्न बितरण गरिएको थियो ।


कार्की परिवारको सहयोग र रोट्रयाक्ट क्लव अफ बागलुङको समन्वयमा उनीहरुलाई प्रतिपरिवार १ बोरा चामल, १ किलो दाल, १ किलो नुन, १ लिटर तेल, १ किलो चिनी र माक्स बितरण गरिएको क्लवले जनाएको छ । अति बिपन्न २ परिवारलाई थप १÷१ बोरा चामल हस्तान्तरण गरिएको सहयोगदाता यामबहादुर काकीले जानकारी दिए ।
जन्म गाउँमा रहेका दलित तथा बिपन्न परिवारलाई कोरोनाको कहरका बिचमा केहि राहत होस भनेर सहयोग गरेको राष्ट्रिय जनमोर्चा निकट जापान नेपाली एकता समाज ओशाकाका क्षेत्रीय अध्यक्ष तथा केन्द्रिय सदस्य समेत रहेका कमल कार्कीले बताए । राहत हस्तान्तरण कार्यक्रममा दुदिलाभाटीका वडाअध्यक्ष नेत्र बुढाथोकी र स्थानीय समन्वयकर्ता शंकर परियारले सहयोगदातालाई धन्यावाद दिए । कार्यक्रमको संचालन रोट्रयाक्ट क्लव अफ बागलुङ बर्ष २०२०÷०२१ का अध्यक्ष तथा धौलागिरि एफएमका सम्पादक ताराप्रसाद शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->